Logo

२०८३, श्रावण २७गते


images
images

रुरुक्षेत्रको नीति  तथा कार्यक्रम : कृषि र  पशुपालनलाई प्राथमिकता, हरेक महिना आयव्यय सार्वजनिक गरिने

रुरुक्षेत्रको नीति  तथा कार्यक्रम : कृषि र  पशुपालनलाई प्राथमिकता, हरेक महिना आयव्यय सार्वजनिक गरिने

images
  • रुरुक्षेत्रको नीति  तथा कार्यक्रम : कृषि र  पशुपालनलाई प्राथमिकता, हरेक महिना आयव्यय सार्वजनिक गरिने
    images
    images

    माधव ज्ञवाली, गुल्मी । रुरुक्षेत्र गाउँपालिका गुल्मीले आ.व २०७९/०८० को नीति  तथा कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरि गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । 

    images
    images
    images

    आ.व ०७९/८० को नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा सरोकारवालाहरु सङ्ग छलफल तथा राय सुझाव संकलन कार्यक्रममा उठान भएका विषयहरुलाई पनि मध्यनजर गर्दै नेपालको संविधानमा सुचिकृत स्थानीय तहका अधिकार क्षेत्र भित्र रहि गाउँपालिकाले नीति नथा कार्यक्रम बनाएको ज्ञवालीले बताए।

    images
    images
    images

     

    images
    images
    images

    गाउँपालिकाले आर्थिक विकासमा कृषि तथा पशुपालनलाई प्राथमिकतामा राखेको छ। कृषियोग्य भूमिको संरक्षण तथा व्यवसायिक कृषि गर्न प्रोत्साहन हुने गरि चक्लाबन्दिमा अनुदान स्वरुप सुलभ जमिन उपलब्ध गराउने नीति गाउँपालिकाले लिएको छ। कृषि उत्पादनको बजार व्यवस्था सुनिश्चित गर्न, बिचौलिया  प्रवृति अन्त्य गर्न गाउँपालिका मार्फत थोक खरिदकर्तालाई सिधै सम्पर्क गरि कृषक सङ्ग जोड्ने नीति पनि गाउँपालिकाको रहेको छ।

    कृषि उत्पादनलाई बजारिकरणको लागि बुटवलमा आउटलेट निर्माण, गाउंपलिकामा बिउ बैंक स्थापना, निर्माणाधीन कोल्ड स्टोर भवनलाई प्राथमिकता,कृषि हाटबजार संचालन, कृषि बिमा कार्यक्रम संचालन, निर्यात केन्द्र स्थापना, माटो परिक्षण ल्याव स्थापना, प्रविधि  हस्तान्तरण लगायतका नीति तथा कार्यक्रम रहेको अध्यक्ष ज्ञवालीले बताए। 

    कृषिमा अनुदानलाई निरंतरता दिँदै हेफर इन्टरनेशनलसंगको लागत साझेदारीलाई निरंतरता दिँदै कृषि उत्पादनलाई बाँदर, दुम्सी,मृग लगायतका बन्यजन्तु बाट जोगाउन आवश्यक नीति लिइने पनि उनले बताए।

    पशुपालन तर्फ बजार प्रबर्द्धनका लागि संकलन केन्द्रको निर्माण, पकेट क्षेत्रका आधारमा विशेषज्ञद्वारा सेवा उपलब्ध गराउँदै अति विपन्न परिवारलाई उन्नत जातका बख्रा पालन, कुखुरा, बंगुर पालनमा अनुदान उपलब्ध गराउने नीति तथा कार्यक्रम  गाउँपालिकाको रहेको छ। 

    पशु बिमा कार्यक्रमलाई निरंतरता, आवश्यक खोपको ब्यवस्था, भुस्याहा कुकुर बन्ध्याकरण, उत्पादनका आधारमा कृषकलाई अनुदान लगायतका नीति गाउँपालिकाको रहेको ज्ञवालीले बताए।

    गाउँपालिकाले गाउँपालिका भित्र कार्यक्षेत्र रहेका सबै सहकारीहरुको पालिका मार्फत नियमन गरि सार्वजनिक सुनुवाइ राख्ने कार्यको सुरुवात गर्ने भएको छ भने निष्क्रिय तथा समस्याग्रस्त सहकारीहरुको तथ्यांक संकलन गरि आवश्यक पृष्ठपोषण तथा  दर्ता खारेजीको प्रकृयामा समेत जाने नीति  गाउँपालिकाले बनाएको छ। 

    गाउँपालिकाले सामाजिक विकास नीतिलाई पनि प्राथमिकतामा राखेको छ, जस अन्तर्गत  शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ। सबै  विद्यालयमा अतिरिक्त शैक्षिक क्रियाकलाप संचालन, राष्ट्र्पति रनिंग शिल्ड प्रतियोगितालाई निरंतरता, विद्यालय समायोजन, शिक्षकहरूलाई प्रविधि तालिम, घुम्ती विशेषज्ञ शिक्षक परिचालन, एक विद्यालय एक करेसाबारी कार्यक्रम संचालन लगायतका नीति गाउँपालिकाको छ। कार्यसम्पादनका आधारमा शिक्षकहरुलाई पुरस्कृत र दण्डित गर्ने ब्यवस्था गर्दै शैक्षिक गुणस्तरका आधारमा विद्यालयलाई प्रोत्साहनको व्यवस्था गरिने अध्यक्ष ज्ञवालीले बताए।

    गाउँपालिका भित्रका सम्पुर्ण सुत्केरी महिला तथा अति विपन्न नागरिकको लागि निशुल्क एम्बुलेन्सको व्यवस्था, रिडि प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा आकस्मिक सेवाको सुरुवात, सुत्केरी पोषण प्याकेजको घोषणा, पालिका भित्र रहेका मुटुरोग, मधुमेह, मृगौला संबंधी रोगहरुको नि:शुल्क परिक्षण, स्वास्थ्य शिविर संचालन लगायतका स्वास्थ्य संबन्धी नीति तथा कार्यक्रम  गाउँपालिकाको रहेको छ। 

    गाउँपालिकाले कुनै पनि सडकको स्तरोन्नति गर्दा कम्तीमा कच्ची नाली अनिवार्य गर्ने नीति पनि लिएको छ। गाउँपालिका भित्रका सडक पुर्वाधार सम्बन्धी कार्य व्यवस्थित गर्न गाउँपालिका यातायात गुरुयोजना तयार गरि प्राथमिकताका आधारमा बजेट बिनियोजन गर्ने नीतिलाई आगामी आ.व मा सुरुवात गरिने गाउँपालिका अध्यक्ष ज्ञवालीले बताए। जेष्ठ महिनादेखि भदौ महिना भित्र सामान्य मर्मत बाहेक कुनै पनि नयाँ सडक निर्माण गर्न गाउँपालिकाले अनुमति नदिने भएको छ।

    पालिकाभित्र रहेका प्रत्येक घरधुरीको न्युनतम विद्धुत महशुलको लागि गाउँपालिकाले अनुदान उपलब्ध गराउने ब्यवस्था मिलाउँदै काठका पोललाई स्टिल पोल मार्फत पुर्ण रुपमा विस्थापन गर्दै लगिने ज्ञवालीले बताए।

    गाउँपालिकाले जनता सङ्ग पालिका अध्यक्ष कार्यक्रम पनि संचालन गर्ने भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । गाउँपालिकाको सेवा प्रवाहलाई मापन योग्य बनाउन सबै कार्यालयमा गुनासो पेटिकाको व्यवस्था गर्ने र  वेव साईटमा "हाम्रो सेवा नाप्नुहोस" को ब्यवस्था गरिने उनले बताए। गाउँपालिकाको कार्यालय र प्रत्येक वडा कार्यालयमा हेल्प डेस्कको स्थापना र संचालन गर्दै विभिन्न सेवालाई जोडेर एकीकृत घुम्ती शिविर प्रत्येक वडामा संचालन गर्ने व्यवस्था मिलाइने नीति गाउँपालिकाको छ।

    गाउँपालिकाको सुशासनलाई मध्यनजर गर्दै गाउँपालिका मार्फत भए गरेका सम्पुर्ण गतिविधि र आय- व्ययको विवरण प्रत्येक महिना सार्वजनिक गरिने अध्यक्ष ज्ञवालीले बताए। गाउँपालिकामा प्रत्येक चौमासिक रुपमा सार्वजनिक सुनुवाइ गरिने नीति तथा कार्यक्रम रहेको पनि उनको भनाई छ।

    विपत ब्यवस्थापनको लागि विभिन्न सरोकारवालाको सहभागिता एक Rapid Response Team टिमको गठन गर्ने, बायो इन्जिनियरिङ प्रविधिको प्रयोग, प्रत्येक वडामा स्वयंसेवक तयारी, सार्वजनिक संस्थानमा अग्नि नियन्त्रकको व्यवस्था, प्राकृतिक विपदबाट प्रभावितलाई तत्काल राहतको व्यवस्थापन लगायतको नीति तथा कार्यक्रम गाउँपालिकाको रहेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।