Logo

२०८३, श्रावण २७गते


images
images

रुरुक्षेत्रले शैक्षिक क्षेत्रमा हुने राजनीतिलाई 'जिराे'मा पुर्‍याउने

रुरुक्षेत्रले शैक्षिक क्षेत्रमा हुने राजनीतिलाई 'जिराे'मा पुर्‍याउने

images
  • सेतोमसी सहकर्मी
  • रुरुक्षेत्रले शैक्षिक क्षेत्रमा हुने राजनीतिलाई 'जिराे'मा पुर्‍याउने
    फाईल फोटो
    images
    images

    कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँपालिकाले शैक्षिक क्षेत्रमा हुने राजनीतिलाई जिराेमा पुर्‍याउने जनाएको छ। वर्ष २०८० लाई  शैक्षिक सुधारको आधार वर्ष बनाउंदै उल्लेख गर्दै पालिका अध्यक्ष यदु ज्ञवालीले विद्यालयमा हुने राजनीति शैक्षिक गुणस्तरको बाधक भएको बताए। 

    images
    images
    images

    बिहिबार रिडीबजारमा रहेकाे रिडी माध्यमिक विद्यालयको सार्वजनिक सुनुवाइकाे कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले राज्यले शैक्षिक क्षेत्रमा गरेकाे लगानीले उचित प्रतिफल दिनुपर्ने र त्यो दायित्व मुलत: शिक्षकको भएको बताए। उनले भने, "विद्यालयमा शिक्षकहरुकाे पहिलो काम शैक्षिक गुणस्तर कायम गर्नु हाे अब शैक्षिक क्षेत्रमा हुने राजनीतिलाई जिराेमा पुर्‍याउन गाउँपालिका निर्मम बन्छ ।" 

    images
    images
    images

    उनले अगाडी भने, 'विद्यालयहरुमा शिक्षण सिकाई डिजिटल प्रविधिबाट गर्ने तयारी भईसकेकाेले सबैले प्रविधि सिक्नु पर्छ।" जसले प्रविधि सिक्न सक्दैन उसले साेँच्नु पर्ने भन्दै अध्यक्ष ज्ञवालीले घुमाउराे पारामा ठाउँ खालि गर्नुपर्ने आशय व्यक्त गरे ।  शिक्षकहरु इमान्दार बन्नुपर्ने र शैक्षिक उपलब्धि हासिल गर्न लाग्नुपर्ने बताउदै उनले शिक्षकहरुले पचास प्रतिशत भन्दा बढि शैक्षिक उपलब्धि हासिल नगरे गाउँपालिका एक्सनमा उत्रिने चेतावनि दिए ।

    images
    images
    images

    सार्वजनिक सुनुवाइ कार्यक्रममा आफ्नो भनाई राख्दै रुरुक्षेत्र गाउँपालिका सामाजिक विकास समितिका सँयाेजक शेषनारायण पौडेलले विद्यालयकाे शैक्षिक भौतिक अवस्थाका बारेमा जानकारी दिन रुरुक्षेत्र गाउँपालिकाले याे वर्ष देखि विद्यालयस्तरमा सार्वजनिक सुनुवाइकाे श्रृङखला शुरु गरेकाे बताउँदै विद्यालयकाे शैक्षिक गुणस्तरका सवालमा अभिभावककाे चासाे र जिज्ञासाकाे जवाफ सार्वजनिक सुनुवाइ मार्फत हुने हुँदा शैक्षिक गुणस्तर कायम गर्न याे माध्यम प्रभावकारी हुने बताए ।

    सार्वजनिक सुनुवाइ कार्यक्रममा रिडी माध्यमिक विद्यालयका प्रधानाध्यापक राेहित भण्डारीले बुँदागत रुपमा विद्यालयका गतिविधि प्रस्तुत गरेका थिए । मुख्य रुपमा विद्यालयकाे इतिहास, सेवाक्षेत्र, विद्यालयमा सन्चालित कार्यक्रम, भौतिक अवस्था, विद्यालयका सिकाई उपलब्धि र यस वर्षका सन्चालित कार्यक्रमका बारेमा प्रधानध्यापक भण्डारीले सार्वजनिक सुनुवाइ कार्यक्रममा जानकारी गराएका थिए ।

    कार्यक्रममा अभिभावकहरूले  पढाइको स्तर, विद्यार्थीकाे सुरक्षाका लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

    सार्वजनिक सुनुवाइ कार्यक्रमकाे सहजिकरण पत्रकार युगराज बस्याल र  कृष्ण अन्जानले गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।