Logo

२०८३, श्रावण २७गते


images
images

रुरुक्षेत्र गाउँपालिकाकाे कृषि  नीति बनाउन कृषक र सराेकारवाला बिच अन्तरक्रिया

रुरुक्षेत्र गाउँपालिकाकाे कृषि  नीति बनाउन कृषक र सराेकारवाला बिच अन्तरक्रिया

images
  • सेतोमसी सहकर्मी
  • रुरुक्षेत्र गाउँपालिकाकाे कृषि  नीति बनाउन कृषक र सराेकारवाला बिच अन्तरक्रिया
    images
    images

    कृष्ण अन्जान, गुल्मी । रुरुक्षेत्र गाउँ पालिकाका किसानहरुले कृषि उत्पादनकाे उचित मूल्य सहितको बजारीकरण प्रमुख समस्या रहेकाे बताएका छन ।

    images
    images
    images


    आर्थिक वर्ष २०८०/०८१काे कृषि नीति तथा कार्यक्रमका लागि गाउँपालिका भित्रका कृषक तथा सराेकारवाला हरु बिच रुरुक्षेत्र गाउँ पालिकाले आयाेजना गरेकाे अन्तरक्रियामा बाेल्ने अधिकाँश कृषक हरुले  उत्पादनकाे बजारीकरणकाे समस्या रहेकाे ,किसानले उत्पादन गरेका उत्पादनले मुल्य नपाएकाे ,कृषि अनुदान वास्तविक किसान सम्म नपुगेकाे गुनासाे गर्दै गाउँपालिकाले  किसानका यी समस्या समाधान हुने गरि कृषि नीति बनाउन जाेड दिए ।

    images
    images
    images


    गाउँ पालिका भित्र उत्पादन हुने कृषि उत्पादनकाे मुल्य निर्धारण ,किसानकाे स्तर निर्धारण ,उत्पादनमा अनुगमन ,बीउ विजनकाे व्यवस्था ,कृषि प्राविधिककाे उचित परिचालनका लागि पनि किसानहरुले सुझाव दिएका छन ।
    कृषि र पशुपालनका क्षेत्र रुरुक्षेत्र गाउँ पालिका सँग काम गरिरहेकाे हेफर परियाेजनाकाे काम सन्ताेषजनक नभएकाे भन्दै कृषिका लागि गाउँपालिकाबाट छुट्टयाईने बजेट कृषक सन्जाल मार्फत परिचालन गर्न अन्तरक्रिया कार्यक्रममा सहभागी अधिकाँश किसानहरूले माग गरेका थिए ।

    images
    images
    images


    कृषि उत्पादनका बजारीकरणका लागि कृषि एम्बुलेन्सकाे व्यवस्था ,किसानलाई कृषि यन्त्र ,तालिम ,सँगै युवा लक्षित कृषि कार्यक्रम सन्चालन गर्नु पर्ने किसानहरुकाे सुझाव थियाे ।


    रुरुक्षेत्र गाउँपालिकामा कृषि  उत्पादनलाई बजारिकरण गरिरहेकाे पैँचौ पसल प्रालि प्रति पनि गुनासाे राख्दै किसानहरूले उचित मुल्य नदिएकाे बताए ।


    अन्तरक्रिया कार्यक्रममा आफ्नो भनाई राख्दै पैँचाे पसल प्रालिका सन्चालक ध्रुव न्यौपानेले पैँचाे पसल कार्यक्रमले किसानलाई स्वावलम्वि बनाएकाे र उत्पादनबाट अर्थिक उपार्जन गर्न र गर्जाे टारिदिने काम पैँचाेले गरेकाे दावि गर्दै निजि कम्पनी भएकाले यसको आफ्नो नीति हुने बताउँदै पालिका र किसान सँगकाे सहकार्यमा पैँचाे सधै उदार रहेकाे न्यौपानेले बताए ।


    अन्तरक्रिया कार्यक्रममा किसानले राखेको जिज्ञाशामा आफ्नो भनाई राख्दै रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष यदु ज्ञवालीले पालिकाले बनाउने कृषि नीति किसानहरुकै सहभागिता र सुझावका आधारमा बनाउनका लागि यसरी किसान र सराेकारवाला हरुलाई एकै ठाउँ राखेर  अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरिएकाे र यहाँबाट आएका सुझावहरुलाई पालिकाकाे आगामी कृषि निति बनाउँदा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे ।


    हेफर परियोजनाका बारेमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ज्ञवालीले आम किसानले माग गरे बमोजिम परियोजनालाई निरन्तरता दिने पक्षमा पालिका छैन तर हेफरले निर्माण गरेका सँरचना हरुकाे नेतृत्व किसानहरूले गर्नु पर्ने बताए ।


     कृषि उत्पादनकाे बजार व्यवस्थापनमा चुनौति रहेकाे अवस्थामा पैँचाे पसलले बजार व्यवस्थापन गरिरहेकाे सन्दर्भमा किसान र पैचाेले किसानलाई सन्तुष्ट पार्ने र पैँचाेलाई किसानले आवस्यक सहयाेग गर्नु पर्ने धारणा राखे ।


    रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीकाे अध्यक्षतामा भएकाे अन्तरक्रियामा गाउँ पालिकाका उपाध्यक्ष मिना गौतम वडा न २ का वडाध्यक्ष घनस्याम अर्याल ,वडा न १ का वडा सदस्य घनस्याम ज्ञवालीकाे उपस्थिति रहेकाे थियाे ।


    दामोदर ज्ञवालीले सन्चालन गरेकाे अन्तरक्रिया कार्यक्रममा रुरुक्षेत्र गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत मधुकृष्ण पौडेलले अन्तरक्रिया कार्यक्रमकाे उदेश्यबारे बताउँदै स्वागत गरेका थिए ।


    अन्तरकृया कार्यक्रममा रुरुक्षेत्र गाउँपालिकाका अगुवा कृषक ,गाउँपालिकाका कर्मचारी ,पैँचाे कार्यक्रमका कार्मचारी सन्चारकर्मीकाे उपस्थिति रहेकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।