Logo

२०८३, श्रावण २७गते


images
images

गुल्मीकाे स्थानीय तहका निति र कार्यक्रममा आ-आफ्नै प्राथमिकता

गुल्मीकाे स्थानीय तहका निति र कार्यक्रममा आ-आफ्नै प्राथमिकता

images
  • सेतोमसी सहकर्मी
  • गुल्मीकाे स्थानीय तहका निति र कार्यक्रममा आ-आफ्नै प्राथमिकता
    images
    images

    कृष्ण अन्जान, गुल्मी ।  दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह रहेको गुल्मीमा यति बेला आर्थिक वर्ष २०८०र०८१ का लागि नीति तथा कार्यक्रम र बजेट बनाउने चटारो रहेको छ।

    images
    images
    images

    सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा नगरपालिकाले पर्यटन, शिक्षा,स्वास्थ्य, कृषिलाई प्राथमिकता दिएर असार ५ गते नीति तथा कार्यक्रम ल्याएको छ। सोही नीति तथा कार्यक्रमको आधारमा जनताको मन छुने गरी असार १० गते बजेट ल्याउने तयारीमा रहेको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए।

    images
    images
    images

    मुसिकोट नगरपालिकाले असार १० गते नै नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी तयारी गरेको छ। नगरले रोजगारी ,शिक्षा ,स्वास्थ्य र कृषिलाई प्राथमिकता दिने गरी नीति तथा कार्यक्रम र बजेटको तयारी गरेको नगर प्रमुख जीवन खरेलले जानकारी दिए।

    images
    images
    images

    मालिका गाउँपालिकाले कृषि ,पर्यटन , शिक्षा ,रोजगार र पूर्वाधारलाई प्राथमिकता दिएर असार ६ गते नीति तथा कार्यक्रम ल्याएको छ।

    मदाने गाउँपालिकाले असार ९ मा नीति तथा कार्यक्रम ल्याउने र १० गते बजेट प्रस्तुत गर्ने कार्यक्रम तय भएको उपाध्यक्ष सरिता खड्काले जानकारी दिइन्। पालिकाले कृषिलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम र बजेट ल्याउने गरी तयारी गरेको उनले बताइन्।

    इश्मा गाउँपालिकाले असार ५ गते नीति तथा कार्यक्रम ल्याएको छ। पालिकाले खानेपानी,शिक्षा र पर्यटनलाई जोड दिएको छ। धुर्कोट गाउँपालिकाले असार ६ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई जोड दिई जसको माध्यमबाट रोजगारी सृजना गर्ने विषयलाई प्राथमिकता दिएको छ।

    ४० वर्ष नाघेका महिला र ४५ नाघेका अविवाहित पुरुषलाई निर्वाह भत्ता

    गुल्मीदरबार गाउँपालिकाले असार ७ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पालिका भित्र ४० वर्ष नाघेका अविवाहित महिला, ४५ वर्ष कटेका पुरुषलाई निर्वाह भत्ता दिने व्यवस्था गरिएको छ।

    उनीहरूलाई एकल भएको महसुस नगराउन र स्थानीय सरकार साथमा रहेको अनुभूति दिनका लागि यस्तो नीति लिएको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले जानकारी दिए। यसका साथै कृषि ,स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको उनको भनाइ छ।

    छत्रकोटका जंगलमा बाँदर भुलाउन फलफूलका बिरुवारोपण

    छत्रकोट गाउँपालिकाले असार ५ गते ल्याएको नीति तथा कार्यक्रममा रोजगारीलाई प्राथमिकता दिएको छ। गाउँमै मझौला आकारका उद्योगहरू खोल्ने र उत्पादनलाई प्राथमिकता दिएको गाउँपालिकाले जनाएको छ।

    यसका साथै पर्यटनलाई प्राथमिकताका साथ राखेको बताउँदै घुम्न जाउँ छत्रकोट कार्यक्रमलाई अभियानका रुपमै सञ्चालन गर्ने नीति लिएको पालिका अध्यक्ष रामप्रसाद पाण्डेले जानकारी दिए।

    बाँदरले कृषकले लगाएको अन्नबाली नष्ट गरिदिएर हैरान बनाएको भन्दै बाँदरलाई जंगलमै भुलाउन स्कुसजस्ता फलफूलहरू रोप्ने नीति लिएको पाण्डेको भनाइ छ।

    लिफ्टिङ खानेपानी योजनाहरूको विद्युत्त महसुलमा २५ प्रतिशत छुट

    चन्द्रकोट गाउँपालिकाले असार ६ गते प्रस्तुत गरेको नीति तथा कार्यक्रममा गाउँपालिका लिफ्टिङ प्रबिधिबाट सञ्चालन भएका खानेपानी समितिको विद्युत महसुलमा २५ प्रतिशत छुट दिने नीति लिएको छ।

    यस्तै मातृत्व र पितृत्वको पहिचान नभएका अभिभावकविहीन बालबालिकालाई आवासीय अध्ययनको व्यवस्था गर्ने नीतिलाई प्राथमिकताका साथ राख्ने नीति लिइएको पालिका अध्यक्ष युवराज केसीले बताए।

    यस्तै पालिकाले गाउँपालिका बासीहरूको नागरिकको सरकारी सेवा तथा सुरक्षा निकायमा पहुँच अभिवृद्धि गर्नका लागि लोकसेवा तथा शिक्षक सेवा तयारी कक्षा सञ्चालन गर्ने छ। विद्यालयमा स्वास्थ्यकर्मी भन्ने मूल नाराका साथ प्रत्येक महिनाको एक पटक विद्यालयका विद्यार्थी तथा शिक्षक,कर्मचारीहरूको स्वास्थ्य परीक्षण गर्ने नीति लिएको केसीले बताए।

    विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याई सीपमूलक कृषि उद्यमी र आत्म निर्भर हुने नीति अवलम्बन गर्ने नीति लिइएको छ। विद्यालय,स्वास्थ्य चौकी तथा वडा र पालिकामा समेत विद्युतिय हाजिरी मार्फत उपस्थिति नियमन गर्ने कार्यलाई व्यवस्थित गर्ने नीति लिएको केसीको भनाइ छ।

    ७० वर्ष कटेका ज्येष्ठ नागरिकहरूको घरदैलोमै प्रत्येक महिना सुगर प्रेसर लगायतका आधारभूत स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गर्ने पालिकाले जनाएको छ।

    सडक तर्फ नयाँ बाटोको ट्रयाक खोल्नु अघि पूर्वाधार बिकास समितिको स्थलगत अनुगमन गरी सिफारिस लिनुपर्ने व्यवस्था गर्नुपर्ने नीति पालिकाले लिएको छ। यस्तै एक वडा एक पोखरी निर्माण कार्यलाई पनि पालिकाले प्राथमिकताका साथ राखेको छ।

    सत्यवतीले कुकाठ विस्थापित गरी बहुमूल्य वनस्पति रोपण गर्ने सत्यवती गाउँपालिकाले १० गते नै नीति तथा कार्यक्रम र बजेट ल्याउने भएको छ।

    गाउँपालिकाले पालिका भित्रका जंगलहरूमा रहेका कु काठहरूलाई विस्थापित गरी बहुमूल्य वनस्पति अगरवुड , श्रीखण्ड जस्ता बिरुवाहरू रोपण गर्ने नीति निर्माण गरेको पालिका अध्यक्ष टीकाराम पाण्डेले जानकारी दिए। यसका साथै कृषि , स्वास्थ्य ,शिक्षा, रोजगारीसँगै खानेपानी र सिँचाई प्राथमिकता दिएको पाण्डेको भनाइ छ।

    कालीगण्डकी गाउँपालिकामा कोखदेखि शोकसम्मको कार्यक्रम

    कालीगण्डकी गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोख देखी शोकसम्मको कार्यक्रमलाई पहिलो प्राथमिकता दिएको पालिका अध्यक्ष बेदबहादुर थापाले बताए।

    उनले  बच्चाहरू गर्भमा रहँदा देखिबाटै बच्चाको वृद्धि विकासमा सहयोग पुग्ने गरी उपाध्यक्ष कोसेली कार्यक्रम मार्फत कोखबाटै तेजिला र फूर्तिला बनुन् भन्ने उद्देश्यका साथ यस्तो नीति लिएको बताए। यस्तै मानवको शोकमा समेत पालिका साथमै रहने नीतिलाई अवलम्बन गर्नका लागि मृतकको अन्त्येष्टिसम्म पनि सहयोग गर्ने नीति लिएको उनको भनाइ छ।

    यस्तै कृषि , पर्यटन ,शिक्षा ,स्वास्थ्य र रोजगारीलाई प्राथमिकता दिएको थापाले बताए।

    गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले खानेपानीको मुहान संरक्षण गर्न र पर्यावरण जोगाउन १ सय ८ वटा पोखरी खन्ने भएको छ । त्यस्तै पालिकाले १ हजार ८ वटा पिपलका वृक्ष रोप्ने भएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी गराएका छन ।

    रुरुक्षेत्र गाउँपालिकाको नीति:  "युवाहरुलाई बिदेश होईन बिजनेस"

    रुरुक्षेत्र गाउँपालिका गुल्मीले आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा युवाहरुलाई लक्षित "युवाहरुलाई बिदेश होईन बिजनेस" कार्यक्रम अघि सारेको छ।

    शुक्रवार गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले यस्तो बताएका हुन् ।

    यस् कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र जग्गा भाडामा लिएर खेती गर्ने किसानलाई जग्गा भाडामा अनुदानको ब्यवस्थापन गरिने गाउँपालिकाको नीति रहेको छ।

    त्यस्तै कृषि ऋण लिएर निरन्तर उत्पादन गरिरहेका किसानलाई कृषि ऋणको ५० प्रतिशत ब्याज अनुदान दिइने अध्यक्ष ज्ञवालीले बताए।

    गाउँपालिकाले कृषियोग्य जमिनको उपयोग गरि व्यावसायिक कृषि गर्न युवाहरुलाई प्रोत्साहन गर्नेभएको छ, रुरुक्षेत्र गाउँपालिका भित्र रहेका किसानको पहिचान गरि कृषक वर्गीकरण गरिने अध्यक्ष ज्ञवालीले उल्लेख गरेका छन् ।

    एक वडा एक उत्पादनलाई अझ प्रभावकारी बनाउँदै गाउँपालिका भित्रका बजारमा रासायनिक मलको उचित प्रबन्ध गरिने बताउँदै उनले कृषकलाई बिमा, प्रविधी, प्राविधिक सहयोगका साथै रोग पहिचान र रोकथामको बिषयमा उचित प्रशिक्षण दिइने गाउँपालिकाको नीति रहेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।