सुशील खनाल, गुल्मी। धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक निति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको छ। शुक्रबार गाउँपालिकाको सभाहल बर्बोट गुल्मीमा धुर्कोट गाउँपालिका गाउँ सभाको १३ औँ अधिवेशनको तेस्रो बैठकमा आगामी आर्थिक बर्षको बार्षिक निति तथा कार्यक्रम सर्वसहमतिले पारित भएको हो।
असार ६ गते गाउँ सभाका सभाध्यक्ष भुपाल पोखरेलले सभामा पेश गर्नुभएको निति तथा कार्यक्रम माथी छलफल गरी पारित गरिएको हो।
साथै सभामा धुर्कोट गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० र धुर्कोट गाउँपालिकाको प्राईभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० समेत सर्व सहमतीले पारित भएको छ।
आउदो असार १० गते गाउँ सभाको १३ औँ अधिवेशनको चौथो बैठकमा धुर्कोट गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को बार्षिक बजेट सभामा पेश गर्ने कार्यसूची रहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology