Logo

२०८३, भाद्र १५गते


images
images

स्वास्थ्य

देवदहमा तीन दिने निशुल्क आँखा शिविर

देवदहमा तीन दिने निशुल्क आँखा शिविर

images
  • देवदहमा तीन दिने निशुल्क आँखा शिविर
    images
    images

    देवदह । देवदहको खैरेखी बजारमा आजदेखि तीन दिने निशुल्क आँखा शिविर सुरु भएको छ । आँखा शिविरको सनिबार विहान एक समारोहका विच सेतोमसी डटकमका कार्यकारी सम्पादक पवन पौडेलले एक समारोहका विच शुभारम्भ गरे । 

    images
    images
    images

    कार्यक्रमको सुरुवात गर्दै पौडेलले स्वरोजगारीसँगै सेवा मुलक व्यवसाय सञ्चालन गरिरहेका अटो व्यवसायीहरुले स्वास्थ्य सम्बन्धि शिवरको आयोजना गरेर उदाहरणीय काम गरेको बताए । अटो व्यवसायीहरुले देशको श्रमजिवी वर्गको समेत प्रतिनिधित्व गर्ने भएकाले उनीहरुको श्रमको सम्मान गनुर््पर्ने र आर्थिक विकासको लागि सबै नागरिक श्रममा जोडिनुपर्ने धारणा राखे । 

    images
    images
    images

    देवदहमा सञ्चालित ५ वटा अटो व्यवसायी समितिको संयुक्त आयोजना र नेप स्पेक्स आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा सुरु भएको आँखा शिविर सोमबारसम्म सञ्चालन हुने छ । 

    images
    images
    images

    समितिमा आवद्ध करिव २५० अटो व्यवसायी, उनीहरुका परिवार र अन्य सर्वसाधारणका लागि समेत सेवा उपलब्ध गराउने उद्देश्यकले शिविर आयोजना गरिएको कार्यक्रमका संयोजक एवम् उद्योग वाणिज्य संघ देवदहका निवर्तमान अध्यक्ष गोपाल ढकालले जानकारी दिए । 

    अटो व्यवसायीहरु नियमित रुपमा काममा व्यस्त हुने र आँखा जस्तो संवेदनशित अंगको परिक्षणमा खासै ध्यान नदिने भएको हुँदा सबैलाई पायक पर्नेगरि खैरेनी चोकमा शिविर संचालन गरिएको आयोजक बुद्ध मावली अटो व्यवसायी समितीका अध्यक्ष तेतर खौसिया थारुले बताए । 

    कार्यक्रममा सहभागीहरुलाइ नेप स्पेक्सले आफ्नै क्लिनिकबाट अत्याधुनिक उपकरणसहित निशुल्क परिक्षणको व्यवस्था मिलाएको नेप स्पेक्सका संचालक सुरेन्द्र गुप्ताले जानकारी दिए । गुप्ताका अनुसार शिविर अवधिमा आँखा जाँच गराउन आउने विरामीलाई चस्माको लेन्स तथा फ्रेममा ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ ।  

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।