Logo

२०८३, भाद्र १५गते


images
images

स्वास्थ्य

केरवानीमा बृहत् निःशुल्क आँखा शिविर, २७४ जनाले लिए सेवा

केरवानीमा बृहत् निःशुल्क आँखा शिविर, २७४ जनाले लिए सेवा

images
  • केरवानीमा बृहत् निःशुल्क आँखा शिविर, २७४ जनाले लिए सेवा
    images
    images

    देवदह । देवदह नगरपालिका-२ स्थित केरवानी स्वास्थ्य चौकीमा बृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । केरवानी स्वास्थ्य चौकीको आयोजना तथा लायन्स आँखा अस्पताल बुटवलको प्राविधिक सहयोगमा आयोजित शिविरमा स्थानीय क्षेत्रका २७४ जना सेवाग्राहीले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् ।

    images
    images
    images

    केरवानी स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष दलबहादुर राकसकोटीको अध्यक्षतामा भएको शिविरमा १७८ जना महिला र ९६ जना पुरुषले सेवा लिएका छन् । शिविरमा सेवाग्राहीको आँखा परीक्षणसँगै आवश्यक परामर्श तथा उपचारसम्बन्धी सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।

    images
    images
    images

    शिविरका क्रममा ३७ जना सेवाग्राहीमा मोतियाबिन्दुको समस्या पहिचान भएको छ । मोतिबिन्दु पहिचान भएका बिरामीलाई थप उपचारका लागि आइतवारनै लायन्स आँखा अस्पताल बुटवलमा भर्ना गरिएको केरवानी स्वास्थ्य चौकी प्रमुख, जनस्वास्थ्य निरीक्षक काँशीराम रेग्मीले जानकारी दिए । बिरामीहरूको उपचारलाई सहज बनाउन आयोजकले अस्पतालसम्म पुग्न निःशुल्क यातायातको समेत व्यवस्था गरेको रेग्मीले बताए । 

    images
    images
    images

    ‘आर्थिक अभाव वा उपचारका लागि टाढा जानुपर्ने बाध्यताका कारण आँखाको समस्या बेवास्ता गर्नुपर्ने अवस्थाका बिरामीका लागि हामीले स्थानीय स्तरमै शिविरको आयोजना गरि आँखा परिक्षणको व्यवस्था मिलाएका हौं ।’ जनस्वास्थ्य निरीक्षक रेग्मीले भने, शिविरका कारण आँखासम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक उपचारमा विरामीलाई सहजता भएको हामीले महशुस गरेका छौं ।’

    लायन्स आँखा अस्पताल बुटवलका प्राविधिक मनोहरु न्यौपाने नेतृत्वको ५ सदस्यीय प्रविधिक टोलीले स्वास्थ्य परिक्षण गरेको उक्त शिविरमा आएका सेवाग्राहीमध्ये उल्लेख्य संख्यामा मोतिबिन्दु पहिचान हुनु नियमित आँखा परीक्षणको आवश्यकता देखाउने विषय भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । समयमै पहिचान र उपचार गर्न सके मोतिबिन्दुका कारण दृष्टिमा आउने समस्या न्यूनीकरण गर्न सकिने भएकाले नागरिकलाई नियमित आँखा परीक्षण गराउन उनीहरुको सुझाव छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।