Logo

२०८३, कार्तिक २४गते


images
images

निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित

images
  • निःशुल्क आँखा शिविरबाट पाँच सय जना लाभान्वित
    images

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सम्पन्न निःशुल्क आँखा उपचार शिविरबाट करिब पाँच सय जनाले सेवा लिएका छन् ।

    images
    images
    images

    प्रवासमा रहेका दानावासी आबद्ध फ्रेण्डली ब्रदर्स दाना सेरोफेरोको आयोजनामा शुक्रबार र शनिबार ज्ञानप्रकाश माविमा सञ्चालन भएको शिविरमा चार सय ८३ जनाले आँखा परीक्षण, परामर्श, चश्मा, मोतिबिन्दुको शल्यक्रिया सेवाका साथै निःशुल्क औषधि प्राप्त गरेको अन्नपूर्ण–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले बताए ।

    images
    images
    images

    ३४ जना मोतिबिन्दुका बिरामीको शल्यक्रिया र दुई जनाको आँखामा पलाएको मासु निकालिएको पुर्जाले बताए ।

    images
    images

    दाना, नारच्याङ, भुरुङ–तातोपानी, शिख, घार, दोवा र मुस्ताङको थासाङ गाउँपालिकाका बासिन्दाले पनि शिविरबाट सेवा लिएका थिए ।

    शिविरमा भैरहवाको कृष्ण नेत्रालयकी डा. सल्मा केसी, विद्यालयकै पूर्वविद्यार्थी डा. सुमिन्द्रा पुनसहितको टोलीले सेवा प्रवाह गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # निशुल्क आखाँ शिविर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।