राजेश पराजुली, गण्डकी प्रदेश । डुम्रे साँस्कृतिक युवा परिवारको आयोजना र हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा तनहुँको बन्दिपुर १ डुम्रेमा आँखा शिविर भएको छ ।
शिविरमा करिव ४ सय ५० जनाले आँखाको जाँच गराएको संस्थाका सदस्य तथा ध्रुवतारा युवा क्लव बन्दिपुर १ नाहालाका अध्यक्ष सुशिल न्यौपानेले जानकारी दिए ।
आँखाको जाँच हिमालय आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर गोविन्द ढकाल र पल्लबी सुल्पेलगायतको टालीले गरेको थियो ।
शिविरको उद्घाटन गर्दै बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले नागरिकको स्वस्थ्यप्रति स्थानीय सरकार सदैव सचेत रहेको भन्दै स्वास्थ्यमा सर्वसाधारणको सहज पहुँच हुनुपर्नेमा जोड दिए ।
सो कार्यका लागि गाउँ पालिका सहयोग गर्न तत्पर रहेको थापाको भनाइ छ ।
आँखा शिविर संचालनका लागि डुम्रे आसपास रहेका विभिन्न संघ संस्था र व्यक्तिहरुले आर्थिक सहयोग गरेका छन् ।
बन्दिपुर ४ को डुम्रे बजारमा रहेको डुम्रे साँस्कृतिक युवा परिवारले समय–समयमा सामाजिक सेवाका कार्यहरु गर्दै आईरहेको संस्थाका दिनेश प्रधानले जानकारी दिए ।
साँस्कृतिक युवा परिवारका पूर्व अध्यक्ष राजेन्द्र पियाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, वडा नं ४ का वडा अध्यक्ष दानबहादुर थापा, शिविर व्यवस्थापन समितिका संयोजक शम्भु श्रेष्ठ, सह–संयोजक ध्रुबकुमार श्रेष्ठलगायतले आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology