देवदह । देवदहको भलुहीमा संचालित महायज्ञमा निशुल्क आँखा परीक्षण गरिएको छ । बाघकुमार दुर्गा मन्दिर व्यबस्थापन समितिको आयोजनामा संचालित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा श्रिङ्गारिक महाआरती महोत्सवमा आउने भक्तजनलाई लक्षित गरि देवदह जेसिजको आयोजना गरेको शिविरमा १९३ जनाको आँखा परीक्षण गरिएको देवदह जेसिजका अध्यक्ष आनन्द पराजुलीले जानकारी दिए ।
आखा परीक्षण गरिएका मध्ये ८ जनामा पुर्ण मोतिबिन्दुको समस्या देखिएकोले अस्पताल रिफर गरिएको र ६१ जनालाई मोतिबिन्दुको समस्या सुरु भएकालेे चस्मा प्रयोग गरि औषधिसमेत प्रयोगका लागि सुझाव दिइयो जनाईएको छ ।शिविरमा ७८ जनालाई निशुल्क औषधि बितरण गरिएको थियो श्रीकृष्ण नेत्रालयका इन्चार्ज मोलहु गुप्ता जानकारी दिए ।
शिविरमा श्रीकृष्ण नेत्रालयले प्राबिधिक सहयोग गरेको थियो ।
मन्दिर विकाससंगै देशकै सबैभन्दा अग्लो 'मौलो' निर्माणको लागि संचालित महायज्ञमा सहयोगी तथा दर्शनार्थीको बाक्लो उपस्थिति रहेको महायज्ञक संरक्षक मोहन जिसीले बताएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology