Logo

२०८३, श्रावण २७गते


images
images

देवदहको भलुहीमा माघ १७ देखि २३ सम्म महायज्ञ हुने

देवदहको भलुहीमा माघ १७ देखि २३ सम्म महायज्ञ हुने

images
  • देवदहको भलुहीमा माघ १७ देखि २३ सम्म महायज्ञ हुने
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा यहि माघ १७ गते देखि सप्ताह व्यापी महायज्ञ संचालन हुने भएको छ । भलुही स्थित श्री बाघ कुमार दुर्गा मन्दिरमा मन्दिरको भौतिक विकास तथा अक्षकोष स्थापनार्थ श्रीमद्भागवत, सप्ताह ज्ञान महायज्ञ तथा श्रीङ्गारिक महा-आरती महोत्सव हुन लागेको सोमबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो ।

    images
    images
    images

    सु-प्रसिद्ध कथावाचक प. श्री चन्द्रकान्त काफ्लेको मुखारविन्दबाट संगितमय श्रीम‌द्भावगत कथा वाचन हुने यज्ञ सम्पादन मूल समितिका संयोजक रुद्र बहादुर क्षेत्रीले जानकारी दिए ।

    images
    images
    images

    २०८० माघ १६ गते पितृ स्मरण र मोटरसाईकल याली दिउँसो १ बजे, २०८० माघ १७ गते शोभा कलशयात्रा बिहान ९:०० बजे, समुउद्घाटन माघ १७ गते बिहान ११:३० बजे, प्रत्येक दिन बिहान ७ बजेबाट यज्ञमण्डप पूजा, बिहान ८ बजे बाट श्रीमद्भागवत पाठ पारायण । ११ बजे बाट ४ बजे सम्म संगितमय कथा वाचन तथा राष्ट्रिय स्तरका कलाकारहरु बाट झाँकी सहित भजन कृतन,४ बजे पछि टिका प्रसाद ग्रहण, ६:३० बजे बाट ७:३० सम्म श्रृंगारिक महा-आरती, ७:३० बजे बाट १० बजे सम्म महात्म्य कथा, भजन कृतन झाँकिप्रर्दशन,माघ २३ गते पुर्णाहुति एवम् यज्ञ समापन हुने कार्यतालिका रहेको छ ।

    images
    images
    images

    यज्ञ संचालन गर्न करिब ६० लाख रुपैयाँ लाग्ने र १ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।