Logo

२०८३, श्रावण २७गते


images
images

देवदहको घोडाहामा संचालित महायज्ञमा भक्तजनको घुइँचो  

देवदहको घोडाहामा संचालित महायज्ञमा भक्तजनको घुइँचो  

images
  • देवदहको घोडाहामा संचालित महायज्ञमा भक्तजनको घुइँचो  
    images
    images

    देवदह । रुपन्देहीको देवदह – ९  घोडाहामा सुरु भएको श्रीमद्भागवत तथा धन धान्याचल महायज्ञमा भक्तजनको उपस्थिती दिनप्रतिदिन बढ्दै गएको छ । कोटियादेवी मन्दिरको जिर्णेद्वार तथा धर्मशाला र योगा हल निर्माण गर्ने एवं देवदहलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले संचालन भएको महायज्ञमा दर्शन गर्न र दान गर्न पुग्ने भक्तजनको उपस्थिती बढेको हो ।

    images
    images
    images

    कोटियादेवी मन्दिर संरक्षण समिति बुद्दनगरको आयोजनामा पौष १ गते विशाल कलशयात्रासंगै  सुरु भएको महायज्ञमा तिन दिनमा १९ लाख भन्दाबढी नगद संकलन भएको छ । भक्तजनको उपस्थिती बढ्दै गएको र आर्थिक तथा भौतिक सामग्री संकलन पनि हुँदै गएको यज्ञ सम्पादन मुल समितिका संयोजक मोहन जिसीले बताए ।

    images
    images
    images

    महायज्ञबाट १ करोड संकलन गर्ने लक्ष्य राखिएको छ । ७ दिनसम्म संचालन हुने महायज्ञमा प्रमुख बाचक तथा महायज्ञ संकल्पकर्ता बालब्यास श्रवण न्यौपाने र आचार्य ओम प्रकाश सुवेदीको मुखार विन्दबाट कथा प्रवचन भैरहेको छ । त्यस्तै झाकी तथा बिभिन्न धार्मिक कार्यहरु समेत  भैरहेको छ । 

    images
    images
    images

    महायज्ञ सुरु भए देखि प्रत्येक दिन मण्डपपुजा, पाठ परायण, १ हजार ८ शालिग्राम भगवानको परिक्रमा संगै तिलार्पण, ११ बजेदेखि ४ बजेसम्म प्रवचन, झाँकी र दानवीर सम्मान, ४ बजेदेखि आरती र टिका प्रसाद वितरण, बेलुका ७ बजेदेखि १० बजेसम्म भजन किर्तन भैरहेको छ। साथै ’भक्तजन’को इच्छा अनुसार दैनिक ग्रह शान्ति, व्रतबन्ध, लक्षवर्ती लगायतका कार्यक्रम समेत भैरहेको संयोजक जिसीले जानकारी दिए  ।

    महायज्ञमा दाताहरूलाई बाजागाजा र खादा माला सहित दैनिक रूपमा सम्मान समेत गरिदै आएको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।