सुनवल । सुनवल नगरपालिकाले नदीजन्य पदार्थको दिगो व्यवस्थापन र सदुपयोग सम्वन्धमा सरोकारवालाहरु विच अन्तरक्रिया गरेको छ । सुनवल नगरपालिका भित्रका नदीबाट नदीजन्य पदार्थको सहि सदुपयोग र व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अन्तरक्रिया गरेको नगरपालिकाले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सुनवल नगरपालिका भित्रका सवै नदीहरु र नदीजन्य पदार्थको उचित व्यवस्थापन गर्ने सुनवल नगरपालिकाकी नगरप्रमुख विमला अर्यालले बताईन्। नदीजन्य पर्दाथको दुरुपयोग रोक्ने र आन्तरीक स्रोतको सहि प्रयोगले सुनवललाई समृद्धि गराउने उनले बताईन् । नगरप्रमुखमा निर्वाचित भएसंगै सपथग्रहण कार्यक्रममा सहभागी हुदै गर्दा नदिजन्य पदार्थको दुरुपयोगसंग जनप्रतिनिधिलाई जोडेर आएको समाचार प्रति ध्यानाकर्षण भएको नगरप्रमुख अर्यालको भनाई छ ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा उपप्रमुख सुर्य दुवेले स्वागत मन्तव्य राख्दै नदीजन्य पदार्थको दुरुपयोगसंग सम्बन्धित समाचारको खण्डन गर्दै जनप्रतिनिधिहरु माथिको आरोप प्रमाणित गर्न चुनौती दिए । त्यसैगरी स्थानीय सरकारको आन्तरिक स्रोत र साधनको पहिचान, उत्पादन र व्यवस्थापन गर्दै विकास गर्ने अधिकार रहेको नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए । नगरको जति बढी वजेट भयो त्यतिनै विकासले गतिलिने भन्दै स्थानीय स्रोत र साधनको सहि परिचालन र सदुप्रयोग गर्न प्र.जि.अ पोखरेलले सुझाव दिए ।
अन्तरक्रियामा सहभागी सरोकारवालाहरुले नदीजन्य पदार्थको सहि सदुपयोग गर्नुपर्ने र त्यसको लाभ सुनवल बासीले नै प्राप्त गर्नुपर्ने बताएका छन् । सरोकारवालाहरुले नदीजन्य पदार्थको उत्खनन र प्रयोगमा वातावरणीय पक्षको समेत निर्कौल राख्नुपर्ने सुझाव दिएका छन् । अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा, जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख ऋषिराम कंडेल, राप्रपाकी केन्द्रीय सदस्य देवि घिमिरे, बद्री घिमिरे, शंकर गौतम, निर्माण व्यवसायी यज्ञप्रसाद पौडेल, जिवन पौडल लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology