सुस्मन विश्वकर्मा, सुनवल । सुनवल नगरपालिकाका निवर्तमान नगर प्रमुख भिमबहादुर थापा क्षेत्रीले विभिन्न किसिमका सुविधा र भत्ताहरु फिर्ता गरेका छन् । नगरपालिकाका संस्थापक नगर प्रमुख समेत रहेका क्षेत्रीले ती सुविधा र भत्ता मार्फत प्राप्त हुने रकम नगरपालिकाको संचीत कोष र दैनिक प्रकोप उद्दार विशेष काेषमामा फिर्ता गराएका हुन् ।
आफ्नो कार्यकाल अवधीभर प्राप्त हुने सुविधा र भत्ता फिर्ता गरेको नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशाेक कोईरालाले एक सुचना मार्फत जानकारी दिए ।
फिर्ता गरिएको रकमको विवरण अनुसार क्षेत्रीले मासिक सुविधा अन्तर्गत प्राप्त हुने रकम १४ लाख ८६ हजार २३०, दैनिक भ्रमण भत्ता १ लाख ४१ हजार ३ सय ७४ र बैठक भत्ता २ लाख २३ हजार ८ सय २० (कार्यकाल अवधीभरको) बराबरको रकम फिर्ता गरिएको बताईएको छ ।
हेर्नुहोस, रकम फिर्ता विवरण:
सुचनाको तस्वीर...

Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology