सुनवल । सुनवल नगरपालिका वडा नं. ८ मा आसन्न स्थानीय तह निर्वाचन-२०७९ का स्वतन्त्रतर्फबाट उम्मेदवारी दिएका पुर्ण बहादुर विश्वकर्माले पत्रकार सम्मेलन गर्दै घोषणापत्र जारी गरेका छन् । विश्वकर्माले विभिन्न राजनीतिक दलहरुले वडामा निम्त्याएको अस्तब्यस्ततालाई न्यूनीकरण गरि बिथोलिएको वडालाई बिकसित बनाउने मुलभाव व्यक्त गर्दै बुधबार पत्रकार सम्मेलन गर्दै घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणा पत्रमा निशुल्क स्वास्थ्य बिमादेखि लोकसेवा तयारी कक्ष निमार्णसम्मका प्रतिबद्धताहरु समावेश गरिएको छ । घोषणा पत्रमा कृषि क्षेत्रको बिकास गर्न एक टोल एक नर्सरी, बिदेशबाट फर्किएका युवाहरूलाई सिपको आधारमा उद्दम संचालन, एक घर एक धारा जडान, पलास्टिक मुक्त वडा निर्माण, एक खेल एक मैदान, जस्ता प्रतिबद्धता समाबेश गरिएको छ ।
विश्वकर्माले पत्रकार सम्मेलन मार्फत व्यवस्था परिवर्तनका लागि आफ्नो चुनाव चिन्ह धारामा अत्याधिक मतले बिजयी बनाउन अपिल समेत गरे ।
हेर्नुहोस् घोषणापत्रको पुर्णपाठ:-
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology