देवदह खानेपानीको अध्यक्षमा राजन अधिकारी विजयी, कमजोर देखियो कांग्रेस
देवदह । देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा राजन अधिकारी विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार अधिकारीले १०६९ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका छन् ।
उनका निकटमा प्रतिष्पर्धी दामोदर क्षेत्रीले १०४० मत प्राप्त गरेका छन् भने अध्यक्ष पदका अर्का प्रत्यासी कृष्ण प्रसाद ज्ञवालीले २७९ मत प्राप्त गरे ।
संस्थाको उपाध्यक्ष पदमा रेनुका पाण्डेय विजयी हुँदा उनका निकटम प्रतिष्पर्धी तुलसा खनालले १०८५ मत प्राप्त गरिन् ।
त्यसैगरी वाबुराम न्यौपाने विजयी भएका छन् । उनले १२१० मत प्राप्त गर्दा अर्का प्रत्यासी दुर्गा बहादुर तिवारीले १०१२ मत प्राप्त गरे ।
कोषाध्यक्षमा भिम्लाला काफ्ले विजयी भएका छन् । काफ्लेले ११५६ मत प्राप्त गरे भने निकटम प्रतिष्पर्धी यमलाल तिवारीले १११२ मत प्राप्त गरे ।
सहसचिवमा ११३० मत प्राप्त गर्दै भगवती न्यौपाने ढकाल विजयी हुँदा अर्का उम्मेदवार सम्झना मल्लले ११०३ मत प्राप्त गरे ।
संस्थाको लेखा समिति संयोजकमा कृष्ण प्रसाद न्यौपाने विजयी भएका छन् । उनले ११७१ मत प्राप्त गर्दा निकटम प्रतिष्पर्धी विमल प्रसाद भुसालले १०३९ मत प्राप्त गरे । त्यसैगरी लेखा सदस्यमा १०७१ मत प्राप्त गर्दै गोविन्द बहादुर ठडराई र १०५१ मत प्राप्त गर्दै सिमा दर्जी विजयी भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यहरुमा शान्ता जैसी, गुनबहादुर राना, धनु राना, जीवन काफ्ले, रितादेवी क्षेत्री, चन्द्रकान्ता खराल (ध्रुव), चुर बहादुर थापा, गङ्गा विक, भवानी शंकर अर्याल र डोलराज न्यौपाने विजयी भएका छन् ।
निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य दलहरुले फरक फरक प्यानल बनाएर निर्वाचनमा होमिएका थिए । जसअनुसार अध्यक्षमा निर्वाचित अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी निकट हुन् । कोषाध्यक्ष र सहसचिवसहित केही सदस्य रास्वपा निकटले जितेका छन् भने उपाध्यक्ष, सचिव र लेखा समिति संयोजक र सदस्यसहित अधिकांश सदस्य संयुक्त प्यानलबाट निर्वाचित भएका छन् ।
संयुक्त प्यानलबाट निर्वाचितको तथ्याकं हेर्दा सबैभन्दा कमजोर नेपाली कांग्रेस देखिएको छ । कांग्रेसले एउटा सदस्य मात्र जितेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology