Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

वन कार्यालयले देवदह खानेपानीलाई काट्यो पत्र, अध्यक्ष भन्छन् -' आतङ्क फैलाइयो'

वन कार्यालयले देवदह खानेपानीलाई काट्यो पत्र, अध्यक्ष भन्छन् -' आतङ्क फैलाइयो'

images
  • वन कार्यालयले देवदह खानेपानीलाई काट्यो पत्र, अध्यक्ष भन्छन् -' आतङ्क फैलाइयो'
    images
    images


    देवदह । सव डिभिजन वन कार्यालय सितलनगरले देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई भोगाधिकार प्रमाणित गर्न पत्राचार गरेको छ । 

    images
    images
    images

    संस्थाले प्रयोगमा ल्याएको देवदह ७ सितलनगर स्थित कार्यालय रहेको जग्गा क्षेत्र डिभिजन वन कार्यालय रुपन्देहीको भोगाधिकार अन्तर्गत रहेको पत्रमा जनाइएको छ । 

    images
    images
    images

    सव डिभिजन कार्यालय सितलनगरका प्रमुख वरिष्ठ वन अधिकृत पुष्पराज श्रेष्ठद्धारा हस्ताक्षरीत पत्रमा देवदह खानेपानीलाई भनिएको छ, ‘सो सम्बन्धमा के, कसो भएको हो, कुनै सम्झौता भएको भए सो सम्बन्धी कागजातको सक्कल वा प्रमाणित प्रतिलिपि यो पत्र प्राप्त भएको मितिले ३ दिन भित्र यस कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध छ । अन्यथा नियमानुसार हुने व्यवहोरा अनुरोध छ ।’

    images
    images
    images

    पत्रको म्याद सकिएको ४ दिनपछि बुधवार देवदह खानेपानी संस्थाका अध्यक्ष गुमानसिंह कुँवरले सामाजिक सञ्जाल मार्फत पत्र सार्वजनिक गर्दै त्यसको प्रतिकृया दिएका छन् ।

    उनले लेखेका छन्, ‘चर्चहरु त बरु नम्वरी जग्गामै धेरै देखिन्छन् ! मन्दिर, स्कुल, क्याम्पस, खानेपानी, अस्पताल, सामुदायिक भवनहरु ९० प्रतिशत सार्वजनिक जग्गा मा नै बनेका छन् ! अनि अहिले केको लागि आतङ्क फैलादैछ ? सम्बन्धित निकाय ??’

    WhatsApp Image 2026-04-29 at 11.23.26 (1).jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह खानेपानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।