Logo

२०८३, श्रावण २७गते


images
images

समाचार

देवदह खानेपानीको निर्वाचनमा २९५७ जनाले गरे मतदान

देवदह खानेपानीको निर्वाचनमा २९५७ जनाले गरे मतदान

images
  • देवदह खानेपानीको निर्वाचनमा २९५७ जनाले गरे मतदान
    images
    images

    देवदह । देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको चौथो अधिवेशन अन्तर्गत सनिबार सम्पन्न निर्वाचनमा २ हजार ९५७ मत खसेको छ । कुल ५ हजार ३८७ मतदाता रहेको संस्थाको सम्पन्न निर्वाचनमा करिव ५५ प्रतिशत मत खसेको निर्वाचन समितिका सदस्य निर्मल ढ्ंगानाले जानकारी दिए ।

    images
    images
    images

    देवदह नगरपालिकाको वडा नं ५ देखि ९ (घोडाहा) सम्म कार्यक्षेत्र रहेको संस्थाको निर्वाचनमा वडा नं ५ बाट ७५९, वडा नं ६ बाट ४१८, वडा नं ७ बाट १ हजार ३४, वडा नं ८ बाट ४३३ र वडा नं ९ बाट ३१३ मत खसेको छ । 

    images
    images
    images

    निर्वाचनका लागि दुई वटा छुट्टा छुट्टै प्यानल तथा अध्यक्षमा स्वतन्त्र एक र वडा नं ७ मा एक खुल्ला सदस्य गरि ३९ जनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा प्यानल र नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्यूनिष्ट पार्टी लगाएत दलको संयुक्त प्यानल निर्वाचनमा होमिएको थियो । 

    images
    images
    images

    निर्वाचन सकिएसँगै मतगणनाको लागि आचारसंहिता निर्माण गरिएको र साँझ ७ : १५ बजेबाट मतगणना सुरु गरिने निर्वाचन समितिका संयोजक डासीराम पाण्डेले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह खानेपानी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।