Logo

२०८३, श्रावण २७गते


images
images

देवदह खानेपानीमा ५४ हजार मुल्य बराबरको विद्युतिय केवल चोरी

देवदह खानेपानीमा ५४ हजार मुल्य बराबरको विद्युतिय केवल चोरी

images
  • देवदह खानेपानीमा ५४ हजार मुल्य बराबरको विद्युतिय केवल चोरी
    images
    images

    देवदह । देवदह खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका दुईवटा पाम्पबोरमा विद्युतिकरणका लागि प्रयोग भएको तार चोरी भएको छ । संस्थाको देवदह ७ सितलनगर र सावित्री टोलमा रहेका २ वटा पम्पबोरको प्यानलबोर्ड देखि पम्पसंम्म जोडिएको ६० मिटर तार चोरी भएको अध्यक्ष गुमानसिँह कुँवरले जानकारी दिए ।

    images
    images
    images

    अध्यक्ष कुँवरका अनुसार बिहिवार राती ति दुवै स्थानबाट ३०÷३० मिटर ६ र १० स्क्वायर एम. एम फ्ल्याट केवल चोरी भएको हो । शुक्रवार विहान पानी सञ्चालनको लागि कर्मचारी पम्पबोरमा पुग्दा तार काटिएको देखेपछि आफुलाई खवर गरेको र त्यस लगत्तै प्रहरीलाई जानकारी गराई अनुगमन गरिएको कुँवरले बताए । ‘तार काटिएका कारण शुक्रवार उपभोक्ताकोमा पानी पठाउन नसकिने हो कि भन्ने थियो ।’ उनले भने, ‘हामीसँग एक्स्ट्रा तार थियो, त्यसैले हतार हतार दुवै स्थानमा जडान गरि बोर सञ्चालनमा ल्यायौं ।’

    images
    images
    images

    बजार मुल्य अनुसार उक्त तार अनुमानित ५४ हजार रुपैंया मुल्य बराबरको रहेको प्रहरीले जनाएको छ । घटनाको प्रकृति हेर्दा दुवै स्थानको चोरी एउटै समुहबाट भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको देवदह देवदह प्रहरी चौकीका कार्यवाहक प्रमुख प्रहरी सहायक निरिक्षक कृष्णबहादुर थापाले बताए । चोरी भएको तार विक्रि वितरण गर्ने नियतवस भएको आंकलन सहित सम्भावित स्थानमा खोजतलास भईरहेको र चोरी गर्नेहरुको समेत खोजि गरिरहेको देवदह प्रहरीले जनाएको छ ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।