Logo

२०८३, आश्विन १०गते


images
images

सुनवलमा टोपबहादुर रायमाझी : एमाले भन्छ, 'पुर्व उपप्रधानमन्त्री', गठबन्धन भन्छ' 'एमाले सचिव' 

सुनवलमा टोपबहादुर रायमाझी : एमाले भन्छ, 'पुर्व उपप्रधानमन्त्री', गठबन्धन भन्छ' 'एमाले सचिव' 

images
  • सुनवलमा टोपबहादुर रायमाझी : एमाले भन्छ, 'पुर्व उपप्रधानमन्त्री', गठबन्धन भन्छ' 'एमाले सचिव' 
    फाईल फोटो
    images
    images

    सुनवल । सुनवल नगरपालिकाको ५ औं नगर स्थापना दिवस मनाउने बिषयमा राजनीतिक दलहरुबिच विवाद देखिएको छ । प्रमुख अतिथी कस्लाई बनाउने भन्ने विषयमा कुरा नमिल्दा यहाँ क्रियाशिल राजनीतिक नेकपा एमाले बाहेकका दलले नगरको स्थापना उत्सव बहिस्कार गर्ने भएका हुन् ।

    images
    images
    images

    नगरस्थापना दिवस समारोहको प्रमुख अतिथिका रुपमा नेकपा एमालेका केन्द्रिय सचिव समेत रहेका पुर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई बोलाउने निर्णय कार्यवाहक नगरप्रमुख दधिराम अर्यालले गरेपछि त्यसको विरोधमा एमाले इतर दलहरू उभिए ।

    images
    images
    images


    सेतोमसीसंग कुरा गर्दै नेपाली कांग्रेस, सुनवलका सभापति सोमबहादुर रायमाझीले यसअघि सहमति र सहकार्यकै बाटोबाट अगाडि बढिरहेको नगरपालिकाको अभ्यासलाई निरंतरता दिन कार्यवाहक नगरप्रमुख अर्याल चुकेको बताए । कार्यपालिकाको बैठकमा सल्लाह नै नगरी अर्कै जिल्लाको गैरसांसद व्यक्तिलाई प्रमुख अतिथि बनाईनुले समग्र सुनवलवासीको उत्सवको रुपमा मनाइनुपर्ने स्थापना दिवस एउटा राजनीतिक दलको भेलाजस्तो देखिने उनको भनाइ छ ।

    images
    images
    images

    सुनवलका कुल १३ वडामध्य ४ वटा वडामा नेपाली कांग्रेस र माओवादीको नेतृत्व छ भने वाँकि ९ वटा वडामा नेकपा एमालेले जितेको छ । यसरी हेर्दा नगरपालिकामा एमालेको भारी बहुमत छ । सोही बहुमतको 'दम्भ' यतिबेला एमालेले देखाएको गठबन्धनका नेताहरूले बताएका छन् । आफुहरूले जितेका ४ वडाका जनप्रतिनिधि उक्त कार्यक्रममा सहभागी नहुने गठबन्धनले जनाएको छ ।

    पश्चिम नवलपरासीको सुनवल नगरपालिका क्षेत्र २ नं. (क) पर्दछ जहाँबाट संघिय सांसदमा नेपाली कांग्रेसका देवेन्द्रराज कडेंल छन् भने प्रदेशसभा सांसदमा एमालेका बैजनाथ चौधरी छन् । नगर दिवसको प्रमुख अतिथिमा सुनवल क्षेत्रकै संघीय वा प्रदेशसभा सदस्यलाई प्रमुख अतिथी बनाईएको भए राम्रो हुने गठबन्धनको ठहर छ ।

    यता, कार्यवाहक नगरप्रमुख अर्याल भने पार्टी नेता वा अन्य जिल्लाको नेताको रुपमा नभएर पुर्व उपप्रधानमन्त्रीको रुपमा टोपबहादुर रायमाझीलाई प्रमुख अतिथी बनाउने निर्णय गरिएको बताउँछन् । सेतोमसीसंग कुरा गर्दै अर्यालले उपप्रधानमन्त्री भैसकेको व्यक्तिलाई प्रमुख अतिथिको रुपमा सुनवलले पाउँदा त्यसमा विवाद गर्न नहुने बताए ।

    विहिबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र सहितका राजनीतिक दलले विज्ञप्ति जारी गर्दै कुनै दलको नेता मात्रै रहेको गैर सांसदलाई प्रमुख अतिथी बनाइनु स्थानीय सरकार संचालन सम्बन्धि सुनवल नगरपालिकाको आचारसंहिताको समेत प्रतिकुल भएको बताएका छन् । उक्त कार्य अबिलम्ब सच्याउन र शुक्रबार २७ गते हुने नगर स्थापना दिवस पुर्ण रुपले बहिस्कार गर्ने बिज्ञप्तिमा उल्लेख गरिएको थियो  ।

    एमालेको गैर सांसदलाई प्रमुख अतिथी बनाई गरिएको कार्यक्रम नेकपा एमालेको मात्रै भएको भन्दै विज्ञप्तिमा सुनवल नगरवासीलाई कार्यक्रम बहिष्कार गर्न समेत आग्रह गरिएको छ ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुनवल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।