रेसम अधिकारी, सुनवल । कर्मचारी संक्रमित भएपछी सुनवल नगरपालिका बन्द हुने भएको छ । कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड-१९ को नयाँ भेरियन्टको संक्रमण भएपछी बैशाख १७ देखि १९ सम्म तीन दिनको लागि कार्यालय बन्द हुने भएको हो ।
सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पाण्डेद्वारा जारी सूचनामा नगरपालिकाबाट प्राप्त हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिने जनाइएको छ ।
देशब्यापि कोरोना संक्रमणले जनजीवन अस्तब्यस्त बनाएपछी त्यस्को रोकथाम र जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्न र गराउनका लागि यतिबेला विभिन्न जिल्लाहरुमा कतिपय स्थानमा अर्ध त कतिपय जिल्लामा पुर्ण निषेधाज्ञा जारी गरिएको अवस्था छ ।
प्रशासन अधिकारी र जनस्वास्थ्य बिज्ञहरुले माक्स लगाउने, बारम्बार हात धुने तथा सामाजिक दुरि कायम गर्ने लगायतका उपाय अपनाउन र कुनै पनि कोभिडसंग संबंधित लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा जाँच गराउन सुझाउँदै आएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology