सुनवल । नवलपरासी सेवा समाज युएई नवलपरासीको आयोजनामा सयुक्त राहत हस्तान्तरण भएको छ । जय श्री प्रावि सुनवल ११ बेबरेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई विविध समाग्री साथै क्यान्सर पिडित परिवारका बालबालिकाहरुलाई आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम शुक्रबार सुनवलमा सम्पन्न भएको हो ।
संस्थाका सल्लाहकार हरि न्यौपानेको अध्यक्षता तथा सुनवल नगरपालिकाका उप-प्रमुख दधिराम अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले बैदेशिक रोजगारमा रहेका कामदारले आफ्नो गास कटाएर जिल्लामा रहेका अतिविपन्न तथा गरिबहरुका लागी गरेको कार्य अति सहार्यनिय रहेको बताए । सुनवल नगरपालिका नेपालकै पहिलो बालमैत्री नगरपालिका घोषित भएको हुँदा नगरले बालबालिकाको क्षेत्रमा उल्लेख्य कार्य गरेको उनको भनाइ थियो ।
सोही कार्यक्रमका विशिष्ट अतिथि सुनवल ११ का वडाध्यक्ष देवीलाल डुम्रेले नगरका कोहीपनि देश वा विदेशमा समस्यामा नपरुन भन्ने उदेश्यले काम गरिरहेको बताउदै बैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन विभिन्न अभियानहरु सञ्चालन गरेको र नागरिकलाई स्वदेशमै रोजगारी र ब्यवसाय गर्न उत्प्रेरित गर्ने उदेश्यले वडाले विभिन्न अभियानहरु सञ्चालन गरेको उल्लेख गरे ।
कार्यक्रममा वडा सदस्य दामोदर लामिछाने, समाजसेवी ईश्वरी भण्डारी, सुरक्षित आप्रवासन परियोजना सामी नवलपरासीका कार्यक्रम संयोजक ज्ञानेश्वर भण्डारी, आप्रवासी परिवार हकहित मञ्चका अध्यक्ष एवं पत्रकार रामु भुसाल लगायतले मन्तब्य राखेका थिए । ।
सो अवसरमा सुनवल नगरपालिकाको विकट स्थानमा रहेको बेबरेको जयश्री प्राविका २० जना बालबालिकाहरुलाई न्यानो कपडा, शैक्षिक समाग्री, स्कुले पोसाक र झोला वितरण गरिनुका साथै क्यान्सर पिडित परिवारलाई नगद २५ हजार आर्थिक सहयोग प्रदान गरिएको थियो भने विद्यालयलाई एक थान दराज र कुर्ची समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा नवलपरासी सेवा समाज युएईले शैक्षिक समाग्रीका साथै न्यानो कपडा प्रदान गरेको थियो भने पौडेल होम सोलुशन प्रालि सुनवल ११ नवलपरासीले स्कुले झोला र सुनवल ११ वडा कार्यालयकी कर्मचारी रमा न्यौपानेले उनिको टोपी र न्यानो मोजा प्रदान गरेका थिए । समाजले यस अगावै पनि जेष्ठ नागरिक र एकल महिलाहरुलाई पनि न्यानो कपडा र आर्थिक सहयोग गरेको र आागामी दिनमा समेत यस्ता कार्यहरु गर्दै जाने समाजका सल्लाहकार न्यौपानेले बताए ।
संस्थाका जिल्ला प्रतिनिधि एवं आप्रवासी परिवार हकहित मञ्च सुनवल नगर कमिटि अध्यक्ष युवराज पुन मगरको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन राष्ट्रिय लोकदोहारी प्रतिष्ठान नवलपरासीका सचिव भुपराज न्यौपाने गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology