देवदह । केरवानी माध्यमिक विद्यालयमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूबीच हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । पठन संस्कृति विस्तार गर्दै विद्यार्थीमा स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यसहित गरिएको प्रतियोगिता साप्ताहिक कार्यक्रमअन्तर्गत सञ्चालन भएको विद्यालयले जनाएको छ ।
सिकाइ प्रक्रियामा प्रतिस्पर्धात्मक सहभागिता बढाउँदै विद्यार्थीको ज्ञानको दायरा फैलाउने लक्ष्यसहित हाजिरीजवाफ आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाले जानकारी दिए । ४/४ जना सहभागी रहने गरी ९ समूहबीच प्रतिस्पर्धा हुँदा सुसान्त शर्माको समूह प्रथम, अशोक चापागाईको समूह द्वितीय र प्रिया शर्माको समूह तृतीय भएको जनाइएको छ ।
यस्तै, कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई लागूपदार्थ दुर्व्यसनबाट सचेत गराउने उद्देश्यले शुक्रवार नै ‘सरि मम्’ चलचित्र प्रदर्शन गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक यज्ञप्रसाद न्यौपानेले बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology