Logo

२०८३, श्रावण २७गते


images
images

लागुऔषध

लागूऔषध ट्याब्लेट र प्रतिवन्धित औषधीसहित श्रीमान श्रीमती पक्राउ

लागूऔषध ट्याब्लेट र प्रतिवन्धित औषधीसहित श्रीमान श्रीमती पक्राउ

images
  • लागूऔषध ट्याब्लेट र प्रतिवन्धित औषधीसहित श्रीमान श्रीमती पक्राउ
    images
    images

    विराटनगर ।  इटहरी उप-महानगरपालिका-१२ बाट लागुऔषध र प्रतिवन्धित औषधीसहित दुई जनालाई पक्राउ परेका छन् । 

    images
    images
    images

    इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनार तथा जिल्ला प्रहरी कार्यालय भोजपुरको संयुक्त टोलीले इटहरीको नसिव फार्मेसीका नसिव नारायण चौधरी र उनकी श्रीमती सम्झना चौधरीलाई पक्राउ गरिएको हो । 

    images
    images
    images

    प्रहरीले विशेष सुचनाको आधारमा फार्मेसीका मालिक चौधरीलाई पक्राउ गरी निजको घर कोठामा खानतलासी गर्ने क्रममा निजकी श्रीमती सम्झनाले २ वोरा घरको छतमाथिबाट फाल्दै गरेको अवस्थामा भेटिएको थियो ।

    images
    images
    images

    फालिएको बोराहरु चेकजाँच गर्दा उक्त बोरा भित्र लागु औषध ट्रामाडोल १९८० पत्तामा १९ हजार ८०० क्याप्सुल र निजको कोठाको टेवलबाट प्रतिबन्धित औषधी ४०० पत्तामा चार हजार ट्यावलेट फेला परेको प्रहरीले जनाएको छ । दुवै जनालाई उक्त लागु औषध र प्रतिवन्धित औषधीसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लागुऔषध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।