देवदह। रुपन्देहिको देवदहमा एक जना भारी लागू औषध सहित पक्राउ परेको छ । देवदह प्रहरी चौकीका प्रहरी प्रमुख निरिक्षक गंगा सारुको नेतृत्वमा खटिएको टोलिले लु ३३ प ४४३३ नम्बरको मोटर साइकलबाट पुर्बपश्चिम राजमार्ग अन्तर्गत देवदह नगरपालिका खैरेनिमा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नवलपरासी जिल्ला रामग्राम नगरपालिका परासि बस्ने बर्ष ४० को राजेश बानिंया अग्रहरि रहेको प्रहरीले जनाएको छ । देवदहमा लागू औषधको कारोवार भैरहेको सुचना अनुसार चेकजाँच गर्ने क्रम प्रकाउ परेको देवदह प्रहरी चौकीका इन्चार्ज सारुले जानकारी दिए ।
उक्त व्यक्तिबाट फेनेर्गन ,डाइजेपाम १५० र ४५० सेट इन्जेक्सन सहित अन्य लागु औषध प्रहरीले बरामद गरेको छ । उक्त व्यक्तिलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यलय बुटवल पठाइएको देवदह प्रहरी चौकिंका प्रहरी निरिक्षक गंगा सारुले जानकारी दिए।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology