Logo

२०८३, श्रावण २७गते


images
images

हेटौंडाको नेवारपानीबाट ६५ किलो लागुऔषध सहित २ जना पक्राउ

हेटौंडाको नेवारपानीबाट ६५ किलो लागुऔषध सहित २ जना पक्राउ

images
  • सेतोमसी सहकर्मी
  • हेटौंडाको नेवारपानीबाट ६५ किलो लागुऔषध सहित २ जना पक्राउ
    images
    images

    दीक्षान्स खड्का, मकवानपुर । मकवानपुरको नेवारपानीबाट ६५ किलो लागुऔषध गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१९ नेवारपानीबाट बुधबार राती करिव १२:४० बजेको समयमा सो परिमाणको गाँजासहित चितवन भरतपुर महानगपालिका वडा नम्बर–२० चनौली बस्ने वर्ष ३८ को रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर–६ बस्ने वर्ष ४३ को ललित तामाङलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    images
    images
    images

    पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने नेवारपानी स्थित सडक खण्डमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मनहरीबाट हेटौडा तर्फ आउँदै गरेको बा ११ च ९५०९ नम्बरको स्कारपियो गाडीबाट सो परिमाणको लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।

    images
    images
    images

    उक्त स्कपियोलाई रोकि चेकजाँच गर्दा लुकाई छिपाई ल्याएको लागुऔषध गाँजा ६५ किलो फेला परेको चालक परियार र स्कार्पियोमा सवार तामाङलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक रिमालले बताए । उक्त लागुऔषध गाँजा, स्कार्पियो र पक्राउ परेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका कार्य अघि बढाइएको प्रहरीको भनाई छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लागुऔषध
  • # हेटौंडा
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।