Logo

२०८३, श्रावण २७गते


images
images

दुर्व्यसनी

दाङमा लागुऔषधसहित तीन जना पक्राउ

दाङमा लागुऔषधसहित तीन जना पक्राउ

images
  • दाङमा लागुऔषधसहित तीन जना पक्राउ
    images
    images

    दाङ । दाङमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । गढवा गाउँपालिका वडा नम्बर ५ ठुलीचौर स्थित गढवा-कोइलाबास सडकखण्डमा प्रहरी चेकिङ टोलीले लु.९६ प ८८९३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    मोटरासाइकल चालक गढवा गाउँपालिका वडा नम्बर ६ प्रगति नगर बस्ने वर्ष २२ को लक्ष्मण बिष्टको शरिर रीतपुर्वक खानतलासी गर्दा लुकाइछिपाई राखेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ फेला परेको थियो ।

    images
    images
    images

    तत्काल डिजिटल तराजुमा तौल गर्दा उक्त पदार्थ प्लास्टिकसहित ८ ग्राम ८३० मिलिग्राम प्लास्टिक हटाई शुद्ध तौल गर्दा ६ ग्राम ४६० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो गिलो पदार्थ रहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    चेकजाँचका क्रममा लागु औषध खरिद गर्न आएका गढवा गाउँपालिका वडा नम्बर ४ अजगढवा निवासी ३९ वर्षीया भन्साराम यादव र गढवा गाउँपालिका वडा नम्बर ६ थानदेखुरी निवासी ३७ वर्षीया सदान मनिहारलाई पनि पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # लागुऔषध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।