राजेश पराजुली, पोखरा । पोखरा जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषध कारोबारीको अड्डामा छापा मारेको छ ।पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्कीका अनुसार पोखरा महानगरपालिका १४ चाउथेको प्रतिभा टोलस्थित एक घरमा आइतबार बेलुकी छापा हानेको हो ।
उक्त घरबाट कास्की प्रहरीले ६ लाख २३ हजार नगद र ३ हजार ६ सय बढी एम्पुल लागुऔषध बरामद गरेको वडाध्यक्ष कार्कीले पुष्टि गरे ।
उनका अनुसार गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारको समन्वयमा जिल्ला प्रहरी कार्यालय कास्कीले छापा मारेको थियो ।
छापापश्चात लागुऔषधको कारोबारमा संलग्न केही युवालाई पक्राउ गरिएको छ ।
छापा हानेपछि वडाध्यक्षको रोहबरमा मुचुल्का गरिएको कास्की प्रहरीका सूचना अधिकारी तथा डिएसपी श्रवणकुमार विकले लागूऔषध र नगदसहित केही युवा प्रकाउ गरेको सेतोमसीलाई बताए ।
उनले विस्तृत जानकारी केही दिनमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology