Logo

२०८३, श्रावण २७गते


images
images

जेनजी आन्दोलन

जेनजीका माग पुरा नभएसम्म चुनाव हुन दिदैनौं : सुदन गुरुङ

जेनजीका माग पुरा नभएसम्म चुनाव हुन दिदैनौं : सुदन गुरुङ

images
  • जेनजीका माग पुरा नभएसम्म चुनाव हुन दिदैनौं : सुदन गुरुङ
    images
    images

    काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले जेनजीका माग पुरा नभएसम्म चुनाव हुन नदिने चेतावनी दिएका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जाल मार्फत गुरुङले ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन भन्दै नेपाली जनता र जेनजीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन नदिइने चेतावनी दिएका हुन् । 

    images
    images
    images

    साथै गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालले बाचा अनुसार काम गर्न नसकेको भन्दै पद छोड्न समेत आग्रह गरेका छन् । गुरुङले देशभरबाट 'हत्यारालाई कारबाही गर' 'भ्रष्टाचारीलाई कारबाही'  गर भन्ने आवाज उठ्दा 'जेनजीलाई कारबाही'  गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान भएको समेत उल्लेख गरेका छन् ।

    images
    images
    images

    सुदन गुरुङले भनेका छन्: 

    ‼️ हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश ‼️ तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन । देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही”  गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही”  गर   सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो ।

    सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस् । काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस् । ओमप्रकाश अर्यालज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई । 

    अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचारद्वारा यत्रो अपमान देखि चरित्र हत्या  समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ ।

    हामी लड्यौं योग्य, इमानदार, र परिणाम देखाउने नेतृत्वका लागि । हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं । अब भीत्र मनमै सोच्नु होला—“चुनाब गराएर निक्लिन्छु, THE YOUTHS OF NEPAL ARE NOT STUPID, WE ARE WAITING.

    त्यसैले चेतना होस् । चुनाबको नाटक नचलोस् । ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो । नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन । अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।

    DO YOUR DAMN JOB THAT YOU HAVE BEEN SENT FOR.जनता जागिसके। युवा जागिसके।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।