Logo

२०८३, श्रावण २७गते


images
images

देवदहमा प्रतिनिधी सभाका उम्मेदवार बीच खुल्ला बहस, कसले के भने ?

देवदहमा प्रतिनिधी सभाका उम्मेदवार बीच खुल्ला बहस, कसले के भने ?

images
  • देवदहमा प्रतिनिधी सभाका उम्मेदवार बीच खुल्ला बहस, कसले के भने ?
    images
    images

    देवदह । देवदहमा प्रतिनिधी सभा सदस्य पदका उम्मेदवार बीच खुल्ला बहस गरिएको छ । बुधवार देवदह प्रेस क्लबले रुपन्देही क्षेत्र नं १ का प्रतिष्पर्धी उम्मेदवार बीच 'एजेन्डा उम्मेदवारको, प्रश्न मतदाताको' भन्ने व्यानरमा बहस गराएको हो ।

    images
    images
    images

    नागरिकप्रति उम्मेदवारलाई जवाफदेही बनाउन र मतदाताका प्रश्न, सुझाव एवं गुनासो उम्मेदवारसम्म पुर्याउन कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष विष्णु प्रसाद पोखरेलले बताए ।

    images
    images
    images

    'आवधिक निर्वाचन लोकतन्त्रको आत्मा हो । नागरिकबाट चुनिएर नागरिककै लागि आफ्नो जीवनको महत्वपूर्ण समय प्रदान गर्ने जिम्मेवारी निर्वाचित प्रतिनिधिको हुन्छ ।' अध्यक्ष पोखरेलले भने, ' यस्ता छलफलले चुनावी अभियानलाई थप व्यवस्थित, मितव्ययी र सद्भावयुक्त बनाउनसमेत सहयोग पुग्ने विश्वास गरिएको छ ।'

    images
    images
    images

    बहसमा नेपाली कांग्रेसका उम्मेदवार हिराबहादुर खत्री, नेकपा एमालेका उम्मेदवार दधिराम न्यौपाने, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार घनश्याम यादव र श्रम संस्कृति पार्टीका उम्मेदवार छविलाल गुरुङल सहभागिता जनाएका थिए ।

    कार्यक्रममा नागरिक समाज देवदहका अध्यक्ष जयकिसन अधिकारी, उद्योग वाणिज्य संघ देवदहका अध्यक्ष हरि भण्डारी, देवदह व्यापार संघका अध्यक्ष माधव ढकाल, खानेपानी महासंघ देवदहका अध्यक्ष गुमानसिङ कुँवर, आदिवासी जनजाती महासंघ देवदह अध्यक्ष मीना श्रेष्ठ, उज्यालो लाल्टिनकी अध्यक्ष समज्ञा अधिकारीसहित देवदहका सबै संचारकर्मीहरुको उपस्थित रहेको थियो ।

    पत्रकार टंक सुनारको सहजीकरण रहेको कार्यक्रममा देवदहका विभिन्न संघसंस्था र स्वतन्त्र रूपमा समेत गरी ७५ जनाको सहभागीता रहेको प्रेस क्लबले जनाएको छ ।  

    प्रेस क्लब अध्यक्ष विष्णु पोखरेलको अध्यक्षता रहेको कार्यक्रम महासचिव निर्मल थापाले संचालन गरेका थिए ।

    कुन उम्मेदवारले के भने ?

    जेनजीका मुद्धालाई सम्बोधन गर्न मेरो उम्मेदवारी : खत्री

    खुला बहस कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका उम्मेदवार हिराबहादुर खत्रीले भदौ २३ र २४ मा भएको नवयुवा जेनजी आन्दोलनको स्मरण गर्दै मुलुकमा रोजगारी सिर्जना, सुशासन स्थापना र युवामैत्री नीति निर्माणमा भूमिका खेल्न उम्मेदवारी दिएको उल्लेख गरे । उनले क्षेत्रको पर्यटन, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताए ।

    निर्वाचनले मुलुकलाई सही दिशा दिने उल्लेख गर्दै उनले जेनजीको चाहना र आवश्यकताका आधारमा सरकार निर्माणका लागि पनि आगामी निर्वाचन महत्वपूर्ण रहेको बताए । देशमा अवसर अभावका कारण ठूलो संख्यामा युवा विदेश पलायन भएको अवस्थामा स्थिर र बलियो सरकार निर्माण आम नागरिकको चाहना रहेको उनको भनाइ थियो ।  

    सार्वजनिक संघसंस्थामा राजनीतिक हस्तक्षेपका कारण नागरिकले दुःख पाएको उल्लेख गर्दै बहुमत प्राप्त भए सबैले विश्वास गर्ने सरकार निर्माण गर्ने पार्टीको योजना रहेको बताए ।

    विकासका बाँकी काम पुरा गर्न सुर्यमा भोट : उम्मेदवार न्यौपाने

    कार्यक्रममा बोल्दै नेकपा एमालेका उम्मेदवार दधिराम न्यौपानेले विकासका बाँकी काम पुरा गर्न सुर्यमा भोट दिनुपर्ने बताए । क्षेत्रमा यसअघि सुरु भएका विकासका काम पुरा गर्दै थप विकासका काम गर्न आफुले उम्मेदवारी दिएको उल्लेख गर्दै न्यौपानेले राजनीति विचारले हुने विचार राखे ।

    जेनजी आन्दोलनका मुद्धा पुरा गर्न एमाले तयार रहेको र नयाँ ढंगले इतिहासको समिक्षा गर्दै कानुन निर्माण र जनताका काम गर्न आफु प्रतिबद्ध रहेको उनको भनाई छ ।

    उम्मेदवार न्यौपानेले एमाले नेतृत्वको सरकारले भूमिहीनका समस्या समाधान गर्ने कार्यको सुरुवात गरिसकेकोले उक्त काम पुरा गर्न पनि आफुसहित एमालेका उम्मेदवारले जित्नुपर्ने बताए ।

    जसको एजेन्डा, उसकै नेतृत्व : उम्मेदवार यादव

    नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार घनश्याम यादवले जसको एजेन्डा, उसकै नेतृत्व हुनुपर्ने बताए । २०४६ सालको परिवर्तनपछि विकास भएका सबै राजनीतिक एजेन्डा आफ्नो दलका भएकोले आफ्नै नेतृत्वमा बहुमतको सरकार बन्नुपर्ने उनको तर्क छ ।

    'गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व, संघीयता यी सबै हाम्रा एजेन्डा हुन् ।' उम्मेदवार यादवले भने, 'अब भ्रष्टाचारको अन्त्य गर्ने र सुशासन गर्ने काम पनि नेपाली कम्युनिष्ट पार्टीकै नेतृत्वमा हुनुपर्छ, त्यसैले मतदाताले हामीलाई रोज्नुपर्छ ।'

    उनले युवाको विदेश पलायन रोक्न जल, जमिन, जंगल र जडिबुटीको सहि परिचालन हुनुपर्ने  धारणा राखे ।

    कुराले हुन्न, काम गर्नुपर्छ : उम्मेदवार गुरुङ

     श्रम संस्कृति पार्टीका उम्मेदवार छविलाल गुरुङले श्रम संस्कृति विना विकास सम्भव नहुने बताए । एउटा डोजरले खनेको हेर्न एक दर्जन नागरिकको भिड जम्मा हुने उल्लेख गर्दै उनले सबै श्रममा जोडिनुपर्ने विचार राखे ।

    भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न आफुहरुले नयाँ पार्टी बनाएको उल्लेख गर्दै गुरुङले २०४६ पछि सार्वजनिक पद धारण गर्ने सबैको सम्पत्ति छानविन हुनुपर्ने बताए ।

    उनले विज्ञहरुको सहयोगमा देश विकासको खाका आफ्नो पार्टीले तयार गरेको दावी गरे ।  

    हेर्नुहोस लाइभ भिडियो :

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जेनजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।