Logo

२०८३, श्रावण २७गते


images
images

जेनजी अभियन्ता मिराज ढुंगानाको समूहद्धारा आन्दोलन घोषणा

जेनजी अभियन्ता मिराज ढुंगानाको समूहद्धारा आन्दोलन घोषणा

images
  • जेनजी अभियन्ता मिराज ढुंगानाको समूहद्धारा आन्दोलन घोषणा
    images
    images

    काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाको समूहले आन्दोलनको घोषणा गरेको छ । आइतवार समूहले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सोमवारदेखि माइतीघरबाट आन्दोलन थाल्ने घोषणा गरेको हो । 

    images
    images
    images

    ढुंगानाले जेनजी आन्दोलन निर्वाचनको लागि मात्रै नभएको बताउदै उनले सरकारले निर्वाचनको मात्रै रटान लगाएको तर जेनजी आन्दोलनको मुख्य माग रहेको भ्रष्टाचारको फाइल खोल्न नसकेको आरोप लगाए । उनले वर्तमान अवस्थामा निर्वाचन भए अझै अस्थिर परिणाम आउने आंशका व्यक्त गर्दै निर्वाचन गराउनुलाई आन्दोलनको ठूलो उपलब्धि नठान्न सरकारलाई आग्रह गरे । 

    images
    images
    images

    उनले प्रधानमन्त्रीले नै सार्वजनिक जग्गा मिचेको, गृहमन्त्रीले काकालाई नियुक्ति दिलाउन प्रहरीमा दरबन्दी थपेको, महान्यायधिवक्ताले छोरीलाई डिम्ब तस्करीमा उन्मुक्ति दिएको, प्रधानमन्त्रीको सचिवालाय नातावाद र कृपावादमा चलेको आरोप समेत लगाए ।

    images
    images
    images

    आफूहरूको आन्दोलन शान्तिपूर्ण हुने बताउदै ढुंगानाले देशमा रोजगारीको व्यवस्था गर्नुपर्ने, शासकीय स्वरूपमा सुधार गर्नुपर्ने, विदेशमा रहेका नागरिकलाई मताधिकार दिनुपर्ने, शान्ति सुरक्षाको कायम गर्नुपर्ने, जेन-जी आन्दोलनमा संलग्नलाई धरपकड गर्न नहुनेलगायतका माग राखेर आन्दोलन गर्न लागिएको जानकारी दिए ।

    उनले राज्य पुनर्संरचनासहितका विषयमा सर्वपक्षीय गोलमेच सम्मेलन अथवा संबिधान परिमार्जन सभा गठन गरेर सर्वसहमतिले प्रक्रिया पुर्याएर संबिधान सुधार गर्नुपर्ने माग राखेका छन् । उनले जेनजी जानआन्दोलनमा भएको मानवअघिकार उलंघन, घातक दमन, र निहत्था युवाहरुको हत्याको छानबिन गरि दोषीलाई कारवाही गर्नुपर्ने माग समेत गरेका छन् । साथै उनले न्यायालयको विश्वसनीयताका लागि केहि सम्बेदनशील विषय बाहेक अन्य सबै इजलासको प्रत्यक्ष प्रशारण गर्नुपर्ने माग गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मिराज ढुंगाना
  • # जेनजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।