काठमाडौं । रेशम चौधरी नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका छन् । बिहीवार रेशम चौधरी आफ्नो टोलीसहित आयोगको कार्यालय पुगेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीबाट अलग हुने घोषणा गरेसँगै चौधरीले नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक दल दर्ता गर्ने बताएका थिए । नयाँ पार्टीमा जनमत पार्टीबाट अलग भएका अब्दुल खान र
यसअघि रुपन्देही- ३ को उम्मेदवारको रूपमा अघि सारिएका उमाशंकर चौधरी पनि सहभागी छन् । पार्टीको अध्यक्षमा कबीर सोपलाई राखिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology