काठमाडौँ । रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी रुपन्देही-३ को उपनिर्वाचनको दल दर्ता नभएपछि स्वतन्त्र उम्मेदवार उठाउने बताएका छन् । श्रीमती रन्जिता श्रेष्ठसँग विवाद भएपछि नागरिक उन्मुक्ति पार्टी आयोगमा दर्ता समेत नभएको प्रसंगमा सामाजिक सञ्जालमा लेख्दै असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
उनले भनेका छन् ‘निर्वाचन प्रायोजनको लागि दल दर्ता नहुनु मेरो कमजोरी होइन । म अध्यक्ष हो र ? केन्द्रिय समितिको बैठक बसाएर निर्णय बुझाए भैहाल्थ्यो त । न केन्द्रिय समितिको बैठक बसाउने,न लेखापरीक्षण गराउने,न पार्टीलाई चलाएमान बनाउने ? अनि दोष जति मेरो थाप्लोमा थुपारेर आफू चोखो बन्ने ? अहिलेपनि तुरुन्त केन्द्रिय समितिको बैठक बोलाए भैहाल्यो नि । बाँकि मनोनीत साथीहरूलाई अध्यावधिक गराइदिनु,टण्टै साफ । दुश्मनको सल्लाहमा लागेर युद्ध कहिल्यै जितिन्न । हामी सहयोगी मात्रै होइन,सहयोद्धा पनि हौं । रह्यो कुरा रुपन्देहीको हाम्रो उम्मेदवार उठ्छ । म राजनैतिक ब्यक्ति हो । यहि साता देखि प्रचारप्रसारमा खटिन रुपन्देही आउँछु । समस्या चर्काउन तिर होइन,समाधान तिर लागौं । पार्टी बिभाजनका सहयोगीलाई दलबाट मात्रै होइन,समुहबाटै बहिष्कार गरौं ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology