Logo

२०८३, श्रावण २७गते


images
images

नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिन केन्द्रको सत्तागठबन्धनबीच सहमति

नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिन केन्द्रको सत्तागठबन्धनबीच सहमति

images
  • सेतोमसी सहकर्मी
  • नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिन केन्द्रको सत्तागठबन्धनबीच सहमति
    images
    images

    काठमाडौं । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी पक्षका सांसदबीच सहमति भएको छ।

    images
    images
    images

    नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो। यो गठबन्धनलाई एक सदस्य रहेको राप्रपाले पनि समर्थन जनाएको छ। सरकार गठनबारे नयाँ सहमति भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताए।

    images
    images
    images

    मुख्यमन्त्रीमा दाबी पेस गर्न नागरिक उन्मुक्ति र कांग्रेसका सांसदहरू प्रदेश प्रमुखको कार्यालय पुगेका छन्। समाजवादीका सांसद भने यहाँ देखिएका छैनन्। गठबन्धनबाहिर नजान समाजवादीका नेताहरूलाई केन्द्रबाट दबाब परेको बताइएको छ।

    images
    images
    images

    सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले दिएको समय आज बेलुकी ५ बजे सकिँदै छ। मुख्यमन्त्री शाहले गत २२ चैतमा पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेका थिए।कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री शाह, एकीकृत समाजवादीको संसदीय दलका नेता दीर्घ सोडारी र नागरिक उन्मुक्ति पार्टीको दलका नेता घनश्याम चौधरीबीच मुख्यमन्त्रीमा लक्ष्मणकिशोरलाई अघि सार्ने सहमति भएको बताइएको छ।

    हाल ५१ सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि २६ सदस्यको समर्थन आवश्यक पर्छ। कांग्रेसका १८, एकीकृत समाजवादीका चार र नागरिक उन्मुक्तिमा रेशम पक्षका चार सांसद गरी २६ सिट पुग्छ।

    नाउपालाई मुख्यमन्त्री दिन केन्द्रमा सत्तागठबन्धनबीच पनि सहमति
    आज बिहान केन्द्रमा प्रधानमन्त्रीसहित बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेको थियो। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीमा अघि सार्ने तयारी थियो।

    प्रदेशमा भने कांग्रेस, एकीकृत समाजवादी र नागरिक उन्मुक्तिको एउटा पक्षबीच छुट्टै समझदारी बनेको हो। केही दिनअघि शीर्ष तहमा प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति भए पनि आज नागरिक उन्मुक्तिलाई नेतृत्व दिने सहमति भएपछि प्रदेशमा समाजवादी कांग्रेससहितको गठबन्धनको पक्षमा उभिएको हो।

    ५३ सदस्य रहेको प्रदेश सभामा सांसद पृथ्वीबहादुर सिंहको गत वर्ष दुर्घटनामा परेर निधन भएको थियो। त्यस्तै, नागरिक उन्मुक्तिका अध्यक्ष श्रेष्ठले पार्टीका समानुपातिक सांसद इन्दिरा गिरीलाई कारबाही गरेपछि उनी पदमुक्त भएकी छिन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।