Logo

२०८३, श्रावण २७गते


images
images

राजनीति

रेशम चौधरीको रिटको सुनुवाई 'हेर्न नमिल्ने' मा

रेशम चौधरीको रिटको सुनुवाई 'हेर्न नमिल्ने' मा

images
  • रेशम चौधरीको रिटको सुनुवाई 'हेर्न नमिल्ने' मा
    images
    images

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीले दायर गरेको रिटमा आजको सुनुवाइ हेर्न नमिल्नेमा राखिएको छ । 

    images
    images
    images

    विहिबार न्यायाधीशद्वय नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको इजलासमा रिटको पेशी तोकिएको थियो ।

    images
    images
    images

    यसअघि सर्वोच्च अदालतले माघ ११ गते उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै चौधरीको कैलाली-१ को उम्मेदवारी रद्ध गर्नुको कारण निर्वाचन अधिकृतको कार्यालयलाई सोध्दै अन्तरिम आदेश दिने वा नदिनेबारे दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो ।

    images
    images
    images

    फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको उम्मेदवारी खारेज भएपछि चौधरीले  सर्वोच्चमा रिट दायर गरेका थिए ।

    ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा जन्मकैदको सजाय पाएका व्यक्ति निर्वाचनमा उम्मेदवार हुन पाउने कानुनी प्रावधानअनुसार निर्वाचन अधिकृतको कार्यालयले उनको मनोनयन खारेज गरेको थियो ।

    थाहरुट आन्दोलनका क्रममा २०७२ भदौ ७ गते कैलालीको टीकापुर भएको घटनामा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जना सुरक्षाकर्मी र एकजना नाबालककको हत्या भएको थियो । सो घटनामा मुख्य योजनाकार रहेको अभियोगमा चौधरीलाई तीनैतहका अदालतले दोषी ठहर गरेको थियो ।

    चौधरीलाई गणतन्त्र दिवसको अवसरमा २०८० जेठ १४ मा बाँकी सजाय मिनाह गरे पनि यस निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट विचाराधीन रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रेशम चौधरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।