Logo

२०८३, श्रावण २७गते


images
images

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई बोलायो

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई बोलायो

images
  • रेशम चौधरीको मुद्दामा सर्वोच्चले दुवै पक्षलाई बोलायो
    images
    images

    काठमाडौं । सर्वोच्च अदालतले टिकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी जोडिएको मुद्दामा दुवै पक्षलाई झिकाउने आदेश दिएको छ ।

    images
    images
    images

    न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. मनोजकुमार शर्माको इजलासले पूर्वसांसद रेशम चौधरीको पुनरावेदनमा ‘प्रत्यर्थी झिकाउने’ आदेश गरेको हो । सर्वोच्चले आइतबार नै चौधरीविरुद्ध सरकारले दर्ता गरेको मुद्दामा पनि प्रत्यर्थी झिकाउने नै आदेश भएको छ ।

    images
    images
    images

    सर्वोच्च अदालतले आइतबार तल्लो अदालतको फैसला चित्त नबुझाएर पुनरावेदन गर्नेको विपक्षीहरुलाई झिकाउनु भनी आदेश गरेको हो ।

    images
    images
    images

    ७ भदौ २०७२ मा कैलालीको टिकापुरमा थारुवान आन्दोलनका क्रममा एक नाबालकसहित ८ जना सुरक्षाकर्मीको मृत्यु भएको थियो । सो मुद्दामा जिल्ला अदालत कैलालीले टीकापुर घटनाका मुख्य योजनाकार रहेको ठहर सहित रेशम चौधरीसहित आठ जनालाई जन्मकैदको फैसला सुनाएको थियो, उक्त फैसलालाई उच्च अदालत दिपायलले पनि सदर गरेको थियो ।

    सोही मुद्दामा जिल्ला अदालतले तीन वर्ष कैद सजाय सुनाएको लक्ष्मण चौधरीलाई भने उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो । तिनै मुद्दामा दोषी ठहर भएकाहरु पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेका छन् । सोही मुद्दामा आइतबार सुनुवाइ भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रेशम चौधरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।