बुटवल । व्यापारीहरुको साझा संस्था रुपन्देही व्यापार संघमा अधिवेशनको चहल पहल छ । संघको २० औं साधारण सभा तथा ११ औं अधिवेशन पनि भएकाले संघको नेतृत्वमा स्थापित हुनको लागि उम्मेद्वारहरु मनोनयन दर्ता गरेर चुनावी मैदानमा देखिएका छन् ।
संघको आगामी नेतृत्वका लागि अध्यक्ष उपाध्यक्ष लगायत अधिकांश पदमा एकल उम्मेद्वारी परेको छ । निर्वाचन हुने सबैभन्दा माथिल्लो पद सचिवमा आगामी कार्यकालको कृष्णप्रसाद अर्याल उम्मेदवारी दिएका हुन् ।
कृष्ण प्रसाद अर्याल यस क्षेत्रकै सफल व्यवसायीमध्य एक हुन् । लामो समयदेखि बुटवलमा व्यवसाय गर्दै आएका उनले उद्योगी व्यवसायीको हकहित, संरक्षण र मर्यादित व्यवसायमा जोड दिँदै आएको बताउँछन् । अर्यालले सचिव पदका लागि आफू योग्य भएकोले व्यवसायीले आफुलाई विजयी गराउँनेमा विश्वस्त छन् ।

यस्तो छ, सचिवमा उम्मेद्वारी दिएका कृष्णप्रसाद अर्यालको २० वर्षे रुपन्देही व्यापार संघ यात्रा
उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै सचिव पदमा उम्मेदवारी दिएका अर्यालले संघमा पनि बिगत ४ कार्यकाल सदस्यमा बसेर काम गरेको अनुभव रहेको बताए । बिसं २०५८ सालमा रुपन्देही व्यापार संघमा प्रबेश गरेका अर्यालले २०६४ सालमा संघको आजिवन सदस्यता लिएका थिए ।
बिसं २०६६ सालदेखि ब्यापार संघले आयोजना गरेको मेलामा लगातार सहभागिता जनाएका अर्यालले २०६९ सालमा उपसमिती सदस्य, २०७२ मा सरसफाई संयोजक, २०७५ मा जनचेतना ¥याली संयोजक भएर जिम्मेवारी पूर्वक काम गरेको बताए ।

बुटवल ४ स्थित कान्ति माध्यमिक विद्यालयमा २ कार्यकाल सदस्यका रुपमा काम गरेको र बुटवल ८ स्थित ईन्द्रेणी सहकारी, बुटवल उपमहानगरपालीका बिपद ब्यबस्थापन समिति, शहरी स्वास्थ्य सेवा केन्द्र, लक्ष्मी पार्क लगायतका सरकारी तथा गैरसरकारी क्षेत्रका संघसंस्था पनि उत्तिकै जिम्मेवारीपूर्वक काम गरेको अनुभव आफूसंग रहेको बताउँदै संघको सचिवमा आफू पूर्ण योग्य रहेको जिम्मेवारी पाएमा आफ्नो अनुभव र क्षमतालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता अर्यालले जनाएका छन ।
बुटवल ४ संगमपथ स्थित लुम्बिनी प्लास्टिक सेन्टरका संचालक अर्याल सफल ब्यवसायी मात्र नभएर कुशल संगठक, शिक्षाप्रेमी, समाजसेवीका रुपमा समेत परिचित छन् । पाल्पा जिल्ला बगनासकाली ४ खानीछापमा जन्मेका अर्यालले स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाँउसम्म ब्यापार बिस्तार भन्ने व्यापार संघको नारालाई आत्मसात गरेको बताउँछन् ।
अधिकांश पदमा एकल उम्मेद्वारी
संघको आगामी नेतृत्वका लागि अध्यक्ष सहित अधिकांश पदाधिकारी पदमा एकल उम्मेद्वारी परेको छ । पदाधिकारीमा सचिव र सहकोषाध्यक्ष पदमा आवश्यक भन्दा बढी संख्यामा उम्मेदवारी परेको छ । त्यस्तै सदस्य पदमा पनि आवश्यक भन्दा बढी उम्मेद्वारी परेको हो ।
भोली बिहिबार हुने अधिवेशनमा अध्यक्ष पदमा कृष्णप्रसाद घिमिरे, वरिष्ठ उपाध्यक्षमा डिल्लिराज भण्डारी, प्रथम उपाध्यक्षमा प्रकाश ढकाल, द्वितीय उपाध्यक्षमा दीपक अधिकारी, कोषाध्यक्ष पदमा नामदेव पाण्डे र सहसचिव पदमा ऋषिराम पाण्डेको एकल उम्मेद्वारी परेको र अन्य पदमा एक भन्दा बढिको उम्मेदवारी परेकोले ती पदहरूमा निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ ।
त्यस्तैगरी पदाधिकारीको सचिव पदमा कृष्णप्रसाद अर्याल, प्रेमनाथ पाण्डे र फर्सुराम पन्थ तथा सहकोषाध्यक्ष पदमा मणिराम खनाल र मिलन सुनारको उम्मेद्वारी परेको छ । १६ सदस्यीय कार्यसमिति सदस्य पदमा २७ जनाको उम्मेद्वारी परेको छ । संघको २९ सदस्यीय कार्यसमितिमा कुल ४२ जनाको उम्मेदवारी परेको हो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology