Logo

२०८३, आश्विन १८गते


images
images

डिपीएल

देवदह प्रिमियर लिग असोज १८ देखि, यस्तो छ टाई सीट

देवदह प्रिमियर लिग असोज १८ देखि, यस्तो छ टाई सीट

images
  • देवदह प्रिमियर लिग असोज १८ देखि, यस्तो छ टाई सीट
    images
    images

    देवदह । देवदहमा असोज १८ गतेदेखि दोस्रो संस्करणको देवदह प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ । डी-युनिटी युथ क्लबको आयोजनामा हुने प्रतियोगितामा ६ टिमको सहभागिता रहनेछ ।

    images
    images
    images

    प्रतियोगितामा भाग लिने टिमहरूमा भवानीपुर रोयल्स, टाटेरा डाइनामिक, खैरनी ग्लाडियटर्स, शीतलनगर सुपर स्ट्राइकर, पाकडी प्यान्थर्स र ढेकावर योद्धा रहेका छन् । प्रतियोगिता असोज १८ देखि ३१ गतेसम्म सञ्चालन हुनेछ ।

    images
    images
    images

    टाई सीट अनुसार पहिलो दिन असोज १८ गते बिहान १० बजे पाकडी प्यान्थर्स र शीतलनगर सुपर स्ट्राइकरबीच उद्घाटन खेल हुनेछ ।

    images
    images
    images

    प्रतियोगितामा असोज २७ गते पहिलो क्वालिफायर, असोज २८ गते एलिमिनेटर, असोज २९ गते दोस्रो क्वालिफायर र असोज ३१ गते फाइनल खेल हुनेछ । सबै फाइनल चरणका खेल बिहान ११ बजे सुरु हुनेछन् ।

    प्रतियोगिताका लागि विशेष नियमावली पनि सार्वजनिक गरिएको छ । खेल टेनिस बलबाट खेलाइनेछ र प्रत्येक खेल २० ओभरको हुनेछ । खेल आईसीसीको नियम अनुसार खेलाइने भए पनि ‘इम्प्याक्ट प्लेयर’ नियम लागु हुने बताइएको छ । यसका अतिरिक्त एलबीडब्ल्युको नियम भने नहुने आयोजकले जनाएको छ ।

    खेलमैदानभित्र कुनै पनि प्रकारका नशालु पदार्थ वा प्रतिबन्धित वस्तु प्रयोग गर्न नपाइने, खेलाडीले अनिवार्य जर्सी र जुता लगाउनुपर्ने, अपशब्द प्रयोग गरेमा ५ रनको जरिवाना हुने, र ढिलाइ गर्दा सोही अनुसारको दण्ड लागु हुने उल्लेख गरिएको छ । खेलसम्बन्धी कुनै विवाद आए आयोजककै निर्णय अन्तिम हुने पनि नियममा प्रष्ट गरिएको छ ।

    डिपीएलको मिडिया पार्टनर सेतोमसी डटकम रहेको छ ।  प्रतियोगिताका सबै खेल सेतोमसीबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ  ।

    हेर्नुहोस टाई सीट 

    टाई सीट.jpeg

    :

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।