Logo

२०८३, श्रावण २७गते


images
images

केरवानी माविमा उत्प्रेरणा कार्यक्रम

केरवानी माविमा उत्प्रेरणा कार्यक्रम

images
  • केरवानी माविमा उत्प्रेरणा कार्यक्रम
    images
    images

    देवदह । केरवानी माध्यमिक विद्यालयले उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले विद्यार्थी, शिक्षक र अभिभावकलाई लक्षित गर्दै तीन सत्रमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

    images
    images
    images

    विद्यालयले १२ बुँदे सङ्कल्प प्रस्ताव ल्याएर सुधारका लागि प्रतिबद्धता जनाएको केही दिनमै उत्प्रेरणा कार्यक्रम थालेको हो । उत्प्रेरणा कार्यक्रमको बिहानी सत्रमा कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी भएको जनाइएको छ । 

    images
    images
    images

    त्यसैगरी दिवा सत्रमा व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शैक्षिक गुणस्तर विकास समिति तथा अभिभावकहरूलाई लक्षित कार्यक्रम गरिएको विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाले जानकारी दिए । 

    images
    images
    images

    कार्यक्रमको तेस्रो सत्रमा शिक्षक तथा कर्मचारीका लागि उत्प्रेरणा कार्यक्रम राखिएको र केरवानीलाई विद्यार्थीले रोज्ने र अभिभावकले खोज्ने विद्यालय बनाउन सबैले प्रतिबद्धता जनाइएको विद्यालयले जनाएको छ । 

    कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका शिक्षा अधिकारी लोकराज पन्थी, शिक्षा अधिकृत परशुराम ढकाल तथा विद्यालयका पूर्व प्रधानाध्यापक मित्रलाल न्यौपाने लगायतले गुणस्तर सुधारको प्रयत्न गरिरहेको भन्दै विद्यालयको प्रशंसा गरे । 

    तीनवटै सत्रमा प्रशिक्षक व्रह्मकुमार राजु घलेले विद्यार्थी, शिक्षक र अभिभावकका भूमिकाबारे उत्प्रेरणा दिएका थिए । उनले पढ्ने तरिका, सिकाइ सहजीकरण, व्यवहार र सोचाइ, लक्ष्य निर्धारणलगायतका विषयमा प्रशिक्षित गरे ।

    कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रे, विद्यालयका सल्लाहकारहरु गुनाखर भुर्तेल, डोलराज पराजुली, यमलाल तिवारी 'भरत' लगायतले विचार राखेका थिए । 

    विद्यालय व्यवस्थापन समिति अध्यक्ष विरेन्द्र पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा शिक्षक यज्ञप्रसाद न्यौपानेको सञ्चालन रहेको थियो । 

    विहानी सत्रमा ३०० विद्यार्थी, दिउँसो सत्रमा करिब ३०० अभिभावक र साँझको सत्रमा सबै शिक्षक कर्मचारी सहभागी भएको विद्यालयले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # केरवानी मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।