सुनवल । पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिकाले नागरिक सहायता कक्ष संचालन गर्ने भएको छ । कार्तिक १ गतेबाट नगरपालिका कार्यालय र एक हप्तापछी सबै वडा कार्यालयहरूमा सहायता कक्ष संचालन गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिलाले बताए ।
सेतोमसीसंग कुरा गर्दै अधिकृत नागिलाले नागरिकको समय र पैसाको बचतको लागि नागरिक सहायता कक्ष संचालन गर्न लागिएको बताए । उनले भने - "अब फोटोकपी र निवेदन लेखनमा सेवाग्राहीले अतिरिक्त खर्च गर्नु पर्दैन ।"

उक्त कक्ष संचालन भएपछि सेवाग्राहीले सुनवल नगरपालिकाका कुनै पनि कार्यालयमा कार्यालयको कामका लागि आवश्यक कागजातको फोटोकपी तथा निवेदन लेखन जस्ता काममा पैसा खर्च गर्नुपर्ने छैन । नगरपालिकाका अनुसार सहायता कक्षले फोटोकपि तथा निवेदन लेखनका सबै काम नि:शुल्क गर्नेछ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology