देवदह । १८औँ गणतन्त्र दिवसको अवसरमा देवदह बुद्ध पब्लिक आवासीय मा.विले विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । दिवसको अवसरमा विद्यालयका पूर्व प्रा.वि र प्रा.वि तर्फका विद्यार्थीहरुको प्रतिभा पहिचान गरिएको छ । जसमा विद्यार्थीहरुलाई नेपालका राष्ट्रिय चिन्हहरुको चित्र कोरी रङरोगन र मा.वि तर्फ नेपालको नक्सामा सात प्रदेश विभाजन गरी रङ्गाउने कार्य गरिएको छ । त्यसैगरि अपरान्ह ४ बजे विद्यालय प्राङ्गणमा नेपालको नक्सा निर्माण गरी दीपावली समेत गरिएको विद्यालयले जनाएको छ ।
सो अवसरमा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले देशमा परिवर्तन ल्याउन बलिदान दिने ज्ञातअज्ञात सहिदहरुको स्मरण गरे । सहिदहरु देशका गहना भएको बताउँदै उनले हरेक नागरिकहरु सहिदले देखाएको बाटामो हिड्नुपर्ने उल्लेख गरे । विद्यालयले दिवसको अवसरमा गरेको कार्यक्रमले विद्यार्थीको प्रतिभा पहिचान र अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गर्न सहयोग पु¥याउने गैरेले बताए ।
अतिरिक्त क्रियाकलाप प्रमुख शिक्षक ढुण्डिराज मरासिनीको संयोजनमा आयोजित कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल वेद सूर्यवंशी, मा.वि इन्चार्ज मुक्ति विश्वकर्मा, कक्षा ११, १२ का इन्चार्ज अनन्तराम भण्डारी, प्रा.वि इन्चार्ज अञ्जना वली, पूर्व प्रा.वि इन्चार्ज मनमाया रुचाल लगायत शिक्षक कर्मचारीको उपस्थिति थियो ।
सोहि अवसरमा कक्षा ६, ७, ८, ९ र १० का विद्यार्थीहरुलाई सामाजिक शिक्षक एवम् खेल संयोजक बलराम ज्ञवालीले गणतन्त्रको विषयमा प्रवचन दिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology