देवदह । बुद्ध पब्लिक ईङ्लिस बोर्डिङ हाइस्कुल देवदह ५ ले कक्षा १२ का विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रम गरि विदाई गरेको छ ।
कक्षा ११ का छात्रा खुश्वु श्रेष्ठको अध्यक्षतामा भएको कर्यक्रममा शुभकामना मन्तव्य राख्दै वडा नं ६ का अध्यक्ष खेमबहादुर थापाले विद्यालय तह पार गरेका विद्यार्थीहरुले भविष्यबारेको योजना बनाउँदै अघिको शैक्षिक गन्तव्य तय गर्नुपर्ने बताए । बिद्यालयले आफ्नो जिम्मेवारी पुरा गरेको भन्दै उनले बाँकी शैक्षिक यात्रा तय गर्न विद्यार्थीले स्वयम् चिन्तन गर्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा विद्यालयका अध्यक्ष सुवकान्त न्यौपाने, जयकिसन अधिकारी, प्याब्सन देवदहका अध्यक्ष रामबहादुर गुरुङ, विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरे, शिक्षक मुक्ति विश्वकर्मा, अनन्तराम भण्डारी लगाएतले बोल्दै विद्यार्थीहरुलाई शैक्षिक भविष्यको शुभकामना दिएका थिए ।
शिक्षक वेद सुर्यवंशी तथा विद्यार्थी द्धय सुशान्त भण्डारी र असिम रानाको स्वागतमा भएको कार्यक्रमको सञ्चालन शिक्षक ढुण्डिराज मरासिनी, विद्यार्थी सेल्वी सुनार र सुशान्त भण्डारीले संयुक्त रुपमा गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology