देवदह । देवदह बुद्ध पब्लिक स्कुलले दोस्रोे चरणको ‘प्रोग्राम कन्टेष्ट’ सम्पन्न गरेको छ । समयको माग अनुसार विद्यार्थीलाई आई टी क्षेत्रमा रुचि बढाउने उद्देश्यले सञ्चालित उक्त कार्यक्रममा पहिलो चरणबाट छनोट भएका करिब एक सय जना विद्यार्थीको सहभागिता थियो ।
दोस्रो चरणबाट २४ जना विद्यार्थी फाइनल चरणमा पुग्ने र फाइनलमा २४ जनाबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई छनोट गरी नगद पुरस्कार प्रदान गरिने विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख ढुण्डिराज मरासिनीले जानकारी दिए ।
आई टी क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयको कक्षा ६, ७ र ८ का विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए ।
उक्त अवसरमा विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले कार्यक्रमले कक्षा १२ उत्तिर्ण भएपछि विदेशिने विद्यार्थीलाई रोक्न मद्धत गर्ने र कमाउँदै पढ्दै गर्न सहयोग पुग्ने धारणा व्यक्त गरे ।
कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल वेद सूर्यवंशी, सहायक प्रिन्सिपल रोशी गुरुङ्ग, मा.वि इन्चार्ज मुक्ति विश्वकर्मा, कक्षा ११ र १२ का इन्चार्ज अनन्तराम भण्डारी लगायत शिक्षक, शिक्षिकाको उपस्थिति थियो । राजन श्रेष्ठ, सिवेन शाह र सञ्जय विश्वकर्माले निर्णायकको भूमिका निर्वाह गरेको प्रतियोगिता निकै उत्साहजनक रुपमा भएको र फाइनल चरण प्रतिष्पर्धा बुधवार र बिहिवार हुने आई टी क्लबले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology