Logo

२०८३, श्रावण २७गते


images
images

बुद्ध पब्लिकमा श्रुति लेखन प्रतियोगिता

बुद्ध पब्लिकमा श्रुति लेखन प्रतियोगिता

images
  • बुद्ध पब्लिकमा श्रुति लेखन प्रतियोगिता
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय मा.वि.मा बाल दिवसको अवसरमा नेपाली तथा अंग्रेजी विषयको श्रुति लेखन प्रतियोगिता गरिएको छ ।

    images
    images
    images

    विद्यालयमा गठित बाल क्लबको आयोजनामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्णप्रसाद गैरेले श्रुतिलेखनले भाषाका ४ सिप सुनाइ, बोलाई, पढाई र लेखाई मध्ये आधारभूत सुनाई सिप विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । बाल क्लबले यस्ता रचनात्मक र सिर्जनात्मक कार्यक्रम गर्दा विद्यालय कहिल्यै बाधक नबन्ने सो अवसरमा उनले बताए । 

    images
    images
    images

    बाल क्लब अध्यक्ष स्पर्श भण्डारीको अध्यक्षता, उपाध्यक्ष सुजल पौडेलको स्वागत, एवम् सचिव भावना रानाको सञ्चालनमा भएको कार्यक्रमको अतिरिक्त क्रियाकलाप प्रमुख दुण्डिराज मरासिनी र बाल क्लब इन्चार्ज बलराम ज्ञवालीले संयोजन गरेका थिए । कक्षा ४, ५, ६ तर्फ नेपाली र कक्षा ७, ८ र ९ तर्फ अंग्रेजी गरी दई तहमा सञ्चालित उक्त कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल वेद सूर्यवंशी, रोशी गुरुङ्ग, मा.वि इन्चार्ज मुक्ति विश्वकर्मा, प्रा.वि इन्चार्ज अञ्जना वली लगायत शिक्षकहरुको सहभागिता थियो ।

    images
    images
    images

    प्रतियोगितामा सहभागी विद्यार्थीहरुको नतिजा प्रकाशन भएपछि सोमवार बिहानी प्राथना सभामा पुरस्कार वितरण गरिने विद्यालयले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्ध पब्लिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।