Logo

२०८३, श्रावण २७गते


images
images

खुल्ला प्रतिस्पर्धाबाट छात्रवृत्ति दिँदै बुद्ध पब्लिक, कक्षा १० सम्म नि:शुल्क पढ्ने अवसर

खुल्ला प्रतिस्पर्धाबाट छात्रवृत्ति दिँदै बुद्ध पब्लिक, कक्षा १० सम्म नि:शुल्क पढ्ने अवसर

images
  • खुल्ला प्रतिस्पर्धाबाट छात्रवृत्ति दिँदै बुद्ध पब्लिक, कक्षा १० सम्म नि:शुल्क पढ्ने अवसर
    images
    images

    देवदह । देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले खुल्ला प्रतिस्पर्धाबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । शुक्रबार विद्यालयमा पत्रकार भेटघाट गर्दै विद्यालयले छात्रवृत्तिमा थप पारदर्शिताका लागि खुल्ला प्रतिस्पर्धाबाट विद्यार्थी छनोट गर्ने नीति लिइएको जनाएको हो ।

    images
    images
    images

    पत्रकारसँग कुरा गर्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद गैरेले नयाँ शैक्षिक सत्रदेखि पूर्ण छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि कक्षा ६ मा प्रवेश परीक्षा सञ्चालन गरिने जानकारी दिए । प्रवेश परीक्षाबाट छनोट भएका १० जना विद्यार्थीलाई कक्षा १० सम्म निःशुल्क अध्ययन गराइने उनले बताए ।

    images
    images
    images

    विद्यालयले छात्रवृत्ति छनोटका लागि कार्यविधि तयार गरेर परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । परीक्षा चैत २७ गते बिहान ८ बजे सञ्चालन हुनेछ । देवदह, सुनवल लगायतका क्षेत्रबाट कक्षा ५ उत्तीर्ण विद्यार्थी परीक्षामा सहभागी हुन सक्ने प्राचार्य गैरेले बताए ।

    images
    images
    images

    छात्रवृत्तिमा छनोटका लागि लिखित परीक्षा ८० अंक र अन्तर्वार्ता २० अंकको हुनेछ ।  उत्कृष्ट १० जना विद्यार्थीमध्ये ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत बाह्य विद्यार्थी छनोट गरिने जनाइएको छ ।

    विद्यालयले खुल्ला र पारदर्शी ढंगले छात्रवृत्ति कार्यक्रम सुरु गर्न लागेको र नेपाल सरकारको छात्रवृत्ति सम्बन्धी नीतिको भावना अनुसार अघि बढ्न खोजिएको जनाएको छ । आगामी शैक्षिक सत्रमा कम्तिमा १०० जना विद्यार्थीलाई विभिन्न प्रकारका छात्रवृत्तिमा समेट्ने योजना रहेको विद्यालयले जनाएको छ ।

    विद्यालय संचालक समिति अध्यक्ष सुभकान्त न्यौपानेले छात्रवृत्ति वितरणमा ५० प्रतिशत छात्रा अनिवार्य गरिने बताए । विद्यालयले सर्बोत्कृष्ट जेहेन्दारतर्फ १० प्रतिशत, पिछडिएको क्षेत्रतर्फ ५ प्रतिशत, उत्कृष्ट जेहेन्दारतर्फ २० प्रतिशत, जनजातितर्फ १० प्रतिशत, गरिव तथा विपन्नतर्फ २० प्रतिशत, विद्यालय शिक्षक-कर्मचारी वर्गतर्फ १० प्रतिशत, सरकारले तोकेको अन्य क्षेत्रतर्फ १० प्रतिशत र सहिद परिवारतर्फ ५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने अध्यक्ष न्यौपानेले जानकारी दिए । 

    यसैगरी नयाँ चैत्र २८ गते विद्यालयले अभिभावक प्रशिक्षण गर्ने जनाएको छ । कार्यक्रममा रामजी प्रसाद अधिकारीले अभिभावकलाई असल अभिभावाकत्व सम्बन्धि प्रशिक्षण दिने विद्यालयका छ ।  

    चैत २९ गते नतिजा प्रकाशन गरिने र नयाँ शैक्षिक सत्रको लागि वैशाख ५ गतेसम्म भर्ना प्रक्रिया सम्पन्न गरि बैशाख ६ गतेबाट कक्षा संचालन गर्ने विद्यालयले जनाएको छ । 

    विद्यालयको पत्रकार भेटघाट कार्यक्रममा विद्यालय संचालन समितिका सदस्य हरि ढुंगाना, सह-प्राचार्यद्वय वेद सूर्यवंशी र रोजी गुरुङ, कक्षा ११-१२, मावि, निमावि तथा प्रावि तह इञ्चार्ज शिक्षकहरु  अनन्तराम भण्डारी, मुक्ति विश्वकर्मा, अञ्जना ओली, अस्मिता गुरुङ, मनमाया रुचाल लगायतको उपस्थिति रहेको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुद्ध पब्लिक
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।