Logo

२०८३, श्रावण २७गते


images
images

प्रदेशस्तरीय यु–१६ क्रिकेट : दाङले बाँकेलाई हरायो

प्रदेशस्तरीय यु–१६ क्रिकेट : दाङले बाँकेलाई हरायो

images
  • प्रदेशस्तरीय यु–१६ क्रिकेट : दाङले बाँकेलाई हरायो
    images
    images

    भैरहवा । रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु–१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधवारको खेलमा दाङ विजयी भएको छ । बुधवार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा दाङले बाँकेलाई ६ विकेटले पराजित गरेको हो । 

    images
    images
    images

    प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको बाँकेले निर्धारित ३५ ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनायो । उसका लागि भुवन शाहीले २९ र फर्दिन अली भाटले २२ रन बनाए । बलिङमा दाङका शुभम खनालले ३, करण जीएमले २ तथा दक्ष ठाकुर र सन्दीप थापाले समान १–१ विकेट लिए ।

    images
    images
    images

    जवाफी ब्याटिङ गरेको दाङले २२ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाउँदै सहज जित निकाल्यो । उसको जितमा शुभम खनालले अविजित ३३, मनोज केसीले नटआउट २७, अमिस सेन्चुरीले २७, योगेश्वर कुंवरले १६ र करण जीएमले १० रनको योगदान दिए । 

    images
    images
    images

    बलिङ तर्फ बाँकेका दिव्यान्स बर्माले ३ तथा निखिल धनकुट्टाले १ विकेट लिए । खेलमा दाङका शुभम खनाल प्लेयर अफ द म्याच भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य एवम् खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

    लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजना र रुपन्देही क्रिकेट संघको समन्वयमा राष्ट्रिय यु–१६ क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # दाङ
  • # यु–१६ क्रिकेट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।