Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

दाङका विभिन्न स्थानबाट ११ थान भरुवा बन्दुक बरामद

दाङका विभिन्न स्थानबाट ११ थान भरुवा बन्दुक बरामद

images
  • दाङका विभिन्न स्थानबाट ११ थान भरुवा बन्दुक बरामद
    images
    images

    दाङ । विशेष सूचनाका आधारमा दाङका विभिन्न स्थानमा खोजतलास गर्ने क्रममा प्रहरीले बेवारिसे अवस्थामा ११ थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय दाङ मातहतका विभिन्न प्रहरी इकाइबाट खटिएको टोलीले भदौ २५ गते बिहान ६ बजेदेखि १० बजेसम्म गरेको खोजतलासका क्रममा ती बन्दुक बरामद गरेको हो । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका-१ शिरुखर्कस्थित राष्ट्रिय वनबाट ६ थान, बंगलाचुली गाउँपालिका-८ कएना पानीस्थित सामुदायिक वनबाट २ थान र लमही नगरपालिका-७ स्थित नवशान्ती सामुदायिक वनबाट ३ थान भरुवा बन्दुक बरामद गरिएको थियो ।

    images
    images
    images

    बरामद गरिएका सबै बन्दुक जिल्ला प्रहरी कार्यालय दाङमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भरुवा बन्दुक
  • # दाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।