Logo

२०८३, श्रावण २७गते


images
images

एमाले दाङका निवर्तमान अध्यक्ष र पाल्पाका पुर्व उपाध्यक्षद्वारा पार्टीबाट अलग हुने घोँषणा

एमाले दाङका निवर्तमान अध्यक्ष र पाल्पाका पुर्व उपाध्यक्षद्वारा पार्टीबाट अलग हुने घोँषणा

images
  • एमाले दाङका निवर्तमान अध्यक्ष र पाल्पाका पुर्व उपाध्यक्षद्वारा पार्टीबाट अलग हुने घोँषणा
    images
    images

    बुटवल । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को जिल्ला सम्मेलन सकिएसंगै पार्टी परित्याग नेताहरूको संख्यामा वृद्धि भएको छ । आइतबार मात्रै एमालेका अर्घाखाँचीबाट महाधिवेशन प्रतिनिधि समेत रहेका युवा संघका केन्द्रिय सचिव गोविन्द भुसाल, दाङका निवर्तमान जिल्ला अध्यक्ष टिकाराम खड्का र पाल्पाका पुर्व जिल्ला उपाध्यक्ष मोहन थापा मगरले पार्टीबाट अलग हुने घोँषणा गरेका छन् ।

    images
    images
    images


    सामाजिक संजालमा लेख्दै एमाले दाङका निवर्तमान अध्यक्ष टिकाराम खड्काले सांगठनिक जिम्मेवारीबाट बिश्राम लिने मनस्थितीमा पुगेको बताएका छन् । उनले सामाजिक संजालमा यस्तो लेखेका छन् ।

    images
    images
    images

    "दाङ कम्युनिष्ट आन्दोलनको उर्वर भुमि हो । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई अध्ययन गर्दा दोस्रो तेस्रो स्थानमा पर्दछ । दाङको किसान आन्दोलन पनि जेठो छ। यस्तो जिल्लामा जन्मिएर हुर्केर समाजिक मुक्ति आन्दोलनको सहयात्री हुन पाउँदा गर्व अनुभुति भएकोछ । म 2035/036 सालको पंचायत बिरोधी आन्दोलनको रापचापले परिवर्तनकोपक्षमा आकर्षण भए । सुरुमा अनेरास्ववियु अनेकिसंघको माध्यमबाट सामेल हुने अवसर मिलेको थियो । 2039देखि भुमिगत गतिविधि पार्टी संपर्कमा रहि राजनितिमा उमेरको 16बर्षमै होमिए । 2042सालमा अनेरास्ववियु दाङ जिल्ला कमिटी सदस्य र सहसचिव हुदै गर्दा आठमहिना जेलबस्नु पर्यो । त्यस पछि 2044साल देखि 20बर्षउमेर मा पार्टी राजनितिमा कृयाशिल भए । दाङ रोल्पा रुकुम सल्यान र प्युठान मा पार्टी र जनसंगठन को जिम्मेवारी लिएर काम गर्ने मौका मिलेको थियो । दाङमा पनि 2057 साल देखि पार्टी जिल्ला कमिटी मा आज का दिनसम्म सकृय राजनितिमा कृयाशिल रहे। त्यो पुर्व 2047सालमा बैशाख १ गते देखि 2056माघ सम्म रोल्पामा पुर्ण पेशेवर कार्यकर्ताको रुपमा पार्टी संगठनको जिम्मेवारी लिएको थिए । आज म ज्यादै खुसि छु संगठन को काम गर्दा सबै मित्र को निकै ठुलो सहयोग पाए। म सबै लाई धन्यावाद र कृतज्ञता प्रकट गर्दछु । नेकपा एमाले दाङ को 13औ जिल्ला अधिवेशनलाई भब्य र सव्य रूपमा सफल पार्न सहयोग गर्ने सहयोगी मित्रहरु लाई आयोजकका नाताले धन्यावाद दिन चाहन्छु। आराम गर्ने अवसर प्राप्त भएकोछ।  अब सांगठनिक जिम्मेवारीबाट बिश्राम लिने मनस्थितीमा पुगेको छु ।"

    images
    images
    images


    त्यसैगरी नेकपा एमाले पाल्पाका पुर्वजिल्ला उपाध्यक्ष मोहन थापा मगरले पनि एमालेबाट अलग हुने निर्णय गरेको बताएका छन् । उनले बाँकी अधुरो काम सामाजिक क्षेत्रबाटै पूरा गर्ने वचनबद्धता व्यक्त गर्दै यस्तो लेखेका छन् ।

    "२०४६ सालको जनआन्दोलन सफलता सगै पार्टी खुल्ला हुदै गर्दा मेरो खुला राजनिती जीवन ४२ बर्ष पछि आज २०७८/०९/२५ गते आजकै मिति देखि अलग रहने निर्णय गरेको छु, मैले मेरो राजनीतिक जिवनमा धेरै जनताको घर दैलो गरेकोछु धेरैले मेरो बिश्वास र वचनलाई नकार्न नसकेर नेकपा (एमाले) लाई माया गर्नु भयो सुर्य चिन्हमा मतदान गर्नु भयो मलाई यहाँ सम्म आउदा तपाईहरुले माया स्नेह प्रदान गर्नु भयो यहाहरु प्रति हृदय देखि आभार ब्यक्त गर्दछु अबको मेरो जीवन राजनीति नभै समाजिक रुपमा अगाडि बढदा जस्तोसुकै अफ्ट्यारो परिश्थिती आइ परे याहाहरुको बिचमा रहिरहने छु। बाकी अधुरो काम सामाजिक क्षेत्रबाटै पूरा गर्ने वचन बद्धता व्यक्त गर्दछु।"

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पाल्पा
  • # एमाले
  • # दाङ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।