Logo

२०८३, श्रावण २७गते


images
images

दुर्घटना

दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट बाबु छोराको मृत्यु

दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट बाबु छोराको मृत्यु

images
  • दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट बाबु छोराको मृत्यु
    images
    images

    बुटवल । दाङको तुलसीपुरमा टिप्परको ठक्करबाट २ जनाको ज्यान गएको छ । सोमबार बिहान साढे ५ बजेतिर रा. १ ख. २१९२ नम्बरको टिप्परले रा ४ प ३३९० नम्बरको मोटरसाइकललाई गुल्म चोकमा ठक्कर दिदा २ जनाको ज्यान गएको हो । 

    images
    images
    images

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी होमबहादुर पराजुलीका अनुसार मोटरसाइकल चालक लमही-५ का ३५ वर्षीय मनोज नेपाली र उनका ५ वर्षीय छोरा मिनराजको उपचारको क्रममा मृत्यु भएको हो ।

    images
    images
    images

    नेपालगन्जस्थित सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेजमा बिहान ९ः४० बजे मिनराज र १० बजे बजे मनोजलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    images
    images
    images

    तीन जना सवार मोटरसाइकललाई टिपरले ठक्कर दिँदा मृतक मनोजकी श्रीमती ३४ वर्षीया अनुसा नेपाली घाइते भएकी छन् । उनको उपचार भइरहेको डिएसपी पराजुलीले जानकारी दिए ।  

    प्रहरीका अनुसार मनोजको परिवार विदा परेकाले तुलसीपुर-६ स्थित ससुराली गएको थियो । ‘सोमबार विदा सकिएकाले छोरालाई विद्यालय पठाउनुपर्ने भएकाले उहाँहरु बिहानै घर हिँड्नु भएको रहेछ । हिँडेको केही बेरमै दुर्घटनामा पर्नुभएछ ।’ डिएसपी पराजुलीले भने ।

    दुर्घटना लगतै गम्भीर घाइते बाबु छोरालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पछि थप उपचारका लागि बाँकेको नेपालगञ्ज रेफर गरिएको थियो । प्रहरीका अनुसार सुरुमा छोरालाई र त्यसपछि बाबुलाई बाँकेको नेपालगञ्ज पठाइएको भएपनि ज्यान भने जोगिन सकेन । 

    दुर्घटनापछि टिप्पर चालकलाई इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रेशम बोहराले जानकारी दिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मृत्यु
  • # दाङ
  • # टिप्पर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।