दाङ । पुर्व सभामुख तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादु्र महराले नेपालको संविधान कसै कसैलाई टाउको दुखाई भएको बताएका छन् । प्रेस सेन्टर नेपाल दाङको चौंथो जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने क्रममा भावुक हुँदै महराले देशी विदेशी प्रतिक्रियाबादीबाट देश र संविधानलाई जोगाउनुपर्ने र त्यसमा मिडियाले भुमिका खेल्नुपर्ने बताए ।
सानो श्वरमा भावुक हुँदै छोटो मन्तव्य दिएका उनले भारत तर्फ संकेत गर्दै नेपाल अमरसिंह र भिमसेन थापाहरूले जोगाएको देश भएको बताए । देशको राष्ट्रिय स्वाधीनता खतरामा परेको उल्लेख गर्दै उनले देशी विदेशी सबैखाले प्रतिक्रियाबादी शक्तिसंग लड्ने क्रममा मिडिया देश र जनताको पक्षमा उभिनुपर्नेमा जोड दिए ।
"कुनै पनि देशमा विदेशी हस्तक्षेप बढ्दा सबै मिडिया एक हुन्छन्, मलाई विश्वास छ नेपाली संचार जगत पनि त्यो बाटोमा जानेछ" - उनले भने
नेकपा एमालेको नेतृत्वतर्फ संकेत गर्दै पुर्वसभामुख महराले विदेशी शक्तिको ईसारामा नेपालको संविधानलाई खारेज गर्न खोज्ने शक्तिलाई परास्त गर्न पाँच दलिय गठबन्धन बनेको उल्लेख गरे ।
अहिलेको गठबन्धन सरकार असंबैधानिक बाटोबाट देशलाई बचाउँन बनेको जिकिर गर्दै महराले पाँच दलिय गठबन्धन बनेकोमा संविधान बिरोधि शक्तिहरू खुसी नभएको बताए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology